भावना जस्तो अमर के छ त ? खोज्दैछु तैपनि
अथाह ! भाव संचित गर्छु कठिनले मै पनि
पोखुँ त भने अनन्त भाव बालुवामै खस्छ नी
नपोखुँ भने यो आत्मिक किरण चर्केर खोच्छ नी
यै दुविधामा समाधि मग्न बन्दछु तैपनि
भावना जस्तो अमर मैले भेटिन कहि पनि
भावना जस्तो अमर मैले भेटिन कहि पनि
सहस्त्र भाव कसरी धान्छ यो आत्मिक बन्धन
त्यो भन्दा अझ हलुको हुन्छ यो दिलको बन्धन
यो कुन्ठित भावले जीवन भरी बाधिन्छु तै पनि
हृदय जस्तो मधुर मैले देखिन कही पनि !!
आत्माले भन्दा अजर अमर भाव के देख्न सक्छु र
भावले भन्दा कलमले बढी के लेख्न सक्छु र
अमरावती शुन्यमा रच्न खोज्दैछु तै पनि
भावना जस्तो जीवन्त मैले भेटिन केहि पनि !!!
माया बराल
बुटवल