नौलो पाहुना

लेख

विश्वमा दु्रतगतिमा आफ्नो अनिश्चत गन्तव्यको खोजी बढाइरहेका बेला एकाएक सबैलाई तरंगीत बनाउँदै बिलकुलै नविन र डरलाग्दो रुपमा अपरिचित पाहुनाको रूपमा प्रकट भएको छ–नोबेल कोरोना भाइरस ।

जसको त्रासदीमा सिंगो विश्व नै ठप्प बनेको छ । अहिले त कोरोनाको प्रकट, रफ्तार र फैलावटको त सिमानै छैन । जस्तोसुकै असम्भव र कठिनलाइ पनि सहज बनाउन सक्ने वैैज्ञानिक जगत् समेत यस्को अगाडी नतमस्तक बन्न बाध्य छ । पाहुना जस्तै बनेर हरेक देशका कुनाकुनामा विचरण गरिरहेको कोरोना भाइरसले कुनै पनिशक्ति सम्पन्न राष्ट्रको समेत निद गायब गराएको छ ।

नामैले पनि बहुरुपी बुझिँदो रहेछ यिनलाई । बिर्खबहादुरलाई बिर्खेभनेजस्तै यिनलाई नि कोभिड –१९भन्ना साथ सबैले चिन्ने बानी परिसक्यो अब । यिनको उत्पतिको इतिहास नै अलमल अलमलमा अगाडी बढिरहेको छ , कसैले कृत्तिम े दाबी गरे त कतै प्राकृतिक रुपमै यिनको उत्पति भएर विश्व भ्रमणमा छन् कोरोनाजिभन्न छोडेका छैनन् आमजन मानस । चाहे जे होस यिनको पछिल्लो उद्गम थलो हाम्रै छिमेकी मुलुक चीन नै हो भन्ने धेरै तथ्यहरु प्राप्त भइसकेका छन् र यिनलाई चीनमा पहिलो पटक चिन्ने डाक्टरलाई समेत आफ्नै साथ लगि छाडेका तथ्य सुन्न र पढ्न पाइएको छ ।

जब जबकोरोना नामक संक्रामक भाइरसको यात्रा विश्व भर फैलिँदै गयो तब हरेक घरका ढोका बन्द हुँदै जानुको विकल्प थिएन । कोरोनासँग घरभित्र र बाहिरको लुकामारी निरन्तर चलिरहयो,विश्वभर । आमने सामने हुने सामथ्र्य रहेन कसैमा । न त कुनै दरिलो अस्त्र नै बनाउन सके शक्तिको होडबाजीगरी हिड्ने राष्ट्रहरूले ।

जजस्को घरमा पाहुना९कोरोना० जान्छन् यिनी त्यही घरको मानिसलाई भटाभट मृत्युको मुखमा धकेल्ने बानी रहेछ यिनको । घरघरमा गई मान्छेको ज्यानै लिन थालेछन् यिनी । ‘विश्वका मै हुँ’ भन्ने मुलुकुहरु नवआगन्तुक पाहुनाको अगाडी घुँडा टेकी सकेका थिए । कस्तो खतरनाक रहेछन् ती पाहुना भन्ने सोचमा सबै परेका थिए । कोरोना नामक पाहुनाको विषयमा जति यहाँहरूलाई जानकारी छ त्यति नै थियो म सँग पनि । त्रासदी पूर्ण अवस्थामा कोरोनासँग लुकामारी गर्दै पत्रपत्रिका र सञ्चारमाध्यमको सहायताबाट जतिबुज्न सके त्यति नै पर्याप्त थियो मेरो लागि । कति बेला छक्याएर हामीसँगै लपक्कै टाँसिएर हाम्रो घरै सम्म भित्रिने बानी रहेछ यी पाहुनाको ,अनुमानै लगाउन मुस्किल । कति बेला कसरी कताबाट प्रवेश गर्दछन् भनेर ।

झन् कुन तरिकाले भगवानको प्यारो बनाउँछन् त्यो त आँकलन गर्नै गाह्रो । जति धेरै मुख त्यति धेरै कुरा भने जस्तै सुनेका, देखेका र पढेका समाचारहरु कति सत्य र कति भ्रामक भनेर बुझ्न सजिलो भएन । हाम्रो घरमा प्रवेश गर्न र राज गर्न कोरोनालाई आफैंले ल्याउन पर्ने रहेछ अन्यथा खोजी खोजी त्यति आइहाल्ने बानी चाहिँ रहेनछ यिनको ।, तर टाँिसने ठाँउ पाए कि त टाँसी हाल्ने चाहिँ निक्कै नराम्रो बानी कोरोनाजीको । सकेसम्म दीर्घरोगी भएका घर निक्कै प्रिय छन् यिनलाई । दम, मधुमेह, उच्च रक्तचाप र मुटुका रोगीहरूसँगै बस्न रुचाउने बानीपनि रहेछ क्यारे ।

कोभिड नामधारी पाहुनाको विश्वयात्राले हरेकका घरका ढोका बन्द हुन लागे, हरेक अन्तर देशिय नाकाहरु बन्दभए । आवतजावत ठप्प प्रायः भयो । हामी राजनैतिकदलको आन्दोलनका क्रममा हुने बन्द हड्तालको स्वादचाखेका नेपालीलाई नयाँ स्वादको लक डाउनको स्वाद समेत चखाउन भ्याए यिनले । कोरोनाजीको कहर यति बढ्यो कि सबै डरायौ जीवन बचाउन बन्दाबन्दीमै बस्यौ अहिले पनि अर्धबन्दाबन्दीको अवस्थामा गुजारा चलाउन बाध्य छ विश्व मानव जगत् । कहर भित्र रहर खोजी रहेका छौं हामी । कोरोनाजीको आक्रमणबाट धेरैले ज्यानै गुमाइ सकेका छन् भने कति अहिले पनि एक्लो भएर लडाइ लडी रहेकाछन् ।

चाइनालगायतका मुलुकमा हुँदा जुन रफ्तार थियो कोरोनाजीको त्यो नेपाल आउँदा मन्द देखियो । सुरुमा शान्त देखिए यिनी ।तर, अफसोच केही महिनाको अन्तरालमा निक्कै शक्तिशाली देखिन थाले । पहिले त लाग्थ्यो, सायद यिनले वीर गोर्खेको देश भनेर चिनेछन् क्यारे । केही हैन रहेछ बेसार पानीले उडाइहाल्छ भन्दै थियौ हामी ।

डरको समयचक्रचल्दै गर्दा एक दिन अचानक कोरोनाजी मेरी बहिनीको साथ लागेर मेरै घर सम्म बास बस्न आएछन् । भयमिश्रित दिनचलिरहेकाथिए तर बहिनीसँगै आएका पाहुना कोरोनाजी त्यति सजिलै छुिट्टन चाहँदैन रहेछन् त्यो दिन सम्झँदापनि जीउ सिरिङ्ग हुन्छ । सुनेका, देखेका र पढेका कुराले झनै भय थपिएको थियो । हामीसँग यिनलाई अलग गर्ने कुनै अस्त्र थिएन । थियो त केबल माक्स, पञ्जा, स्यानिटाइजर यसैको हतपत्त प्रयोग ग¥यो र आत्मबल दह्रो बनायौं ।

जसरी पनि बहिनीलाई जिताउनु थियो यो युद्घमा । अनि हामीपनि सुरक्षित हुनु थियो । वहिनीसँगै आएकाले अब हामी बाट अलग्गै राखेर कोरोनाजीलाई हटाउनु थियो । बहिनीको साथबाट पाहुना विदा गर्ने बैनीलाई एकान्तबासको व्यवस्था मिलायौं । हामी अलग्गै बस्योै, वहिनीसँगको सामीप्यतामा यिनको कुनै देखिने लक्षण भने पाएनौं हामीले । बैहिनीलाई न त रुघ खोकी नै थियो, न त ज्वरो, सुनेको र इन्टरनेटमा पढेको भन्दा प्रिथक आगमन थियो कोरोनाजीको । हामीले सुनेका थियौ कोरोनाजीका निक्कै धेरै दाजुभाई छन् यिनी चाहिँ कुन परे बुज्नै सकिएन, १०–२० , २०–३० र ३०–४० उमेर समूहका छन् रे । यिनी चाहिँ ३४ वर्षको भन्ने सुनेका छौं । यिनीभन्दा १०–२० उमेर समूहका चाहिँ निक्कै जोशिला छन् रे भन्छन् गए पछि रुखाखोकी, ज्वरो, निमोनिया नै दिई हाल्ने । हाम्री वहिनी सँगै टाँसिएर आएका पाहुना कोरोनाजीको जाने जति हामीले पनि मेजमानी गरेकै हौं , बेसार पानी, गुर्जो, अदुवा,पानी, कागतीपानी बाफलिने लगायत जानेको मेजमान गरेरै छोड्यौं जस्ले छिट्टै खुसीभएर छोडेर जाउन भनेर ।

हामीले गरेको मेजमानले होला सायद यिनी हाम्रो घरमा ८ दिनमात्र बस्न भ्याएअन्यकोमा त १४ दिन १८ दिन सम्म नि ढुक्कले बस्दै थिएरे । ८ दिनको बसाई पछि बैनीले अब कोरोनाजीले बिदालिए है भन्ने सुसमाचार सुनाइन हामीलाई, हामीले पनि विज्ञलाई नै बोलाएर निधो ग¥यो हो रहेछ ।

हाम्रो पनि खुसीको सिमा रहेन । यति विचार पु¥याउँदा त सरक्कै बिदा हुँदा रहेछन् यी पाहुनाभन्ने लाग्यो । हामी त निक्कै त्रासको वीचमा बाँचेछौं । अलिकति सचेत हुने हो भने जस्तो युद्घ पनि सजिलै जित्न सकिने रहेछ भन्ने हिम्मत भरियो मनमा ।

आजकल समाचारमा सुन्छु धेरैजसो घरमा जाँदा सरक्क फर्किएर आउँछन् रे कोरोनाजी , कतै कतै भने मानभाउँ नपुगेर होला भगवान्को प्यारो नै पो बनाइ हाल्छन् रे । विशेषत जसको घरमा अन्य रोगका विरामी छन् उनीहरूलाई मन पनराउने हुँदा सर्तकता त्यस्ता स्थानमा धेरै हुन जरुरी रहेछ । हल्ला र अफवाहको पछाडी दौडिन भन्दापनि यर्थाथको पछाडी लाग्न सहि हुने रहेछ ।

यतिका समय व्यतित भइसकेको छ , सबैका मानसपटलमा राम्रै डेरा जमाई सकेका छन् कोरोनाजीले । विश्व मानव एकातिर र उनी अर्कोतिर भएर युद्घ लडिरहेका छन् आज , केही सफलताका समाचार पनि आउन लागे । अब चाँडै नै तिमी सहजतरिकाले कुम्लोकुटुरो बोकेर आफ्नै उद्गमस्थलतिर फर्कनुको विकल्प छैन होला । मानबजातीलाई घर भित्रथुनेर जताततै स्वच्छ बनेर यात्रागर्ने दिन छिट्टै समाप्त हुँदैछ कोरोनाजी ।

सुख भित्रदुःख मिसाई दियौ, लाखौंको घरमा आँसुको भेल बगाई दियौं अबकतिदिन रमाउँछौं चाँडै फर्कन आफ्नै संसारमा अलबिदाको रानाजी कहिले भेट्न नपरोस हामी तिमीलाई इतिहास बनाउन चाहन्छौं तिम्रै स्थान फिर्तिको लागि शुभयात्रा ।

शशीपोख्रेल (कट्टेल)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार