बिजी हो कि बिर्सेको ?

  मनिषा अधिकारी

 3822 पटक हेरिएको

विहान अफिस जानु अगाडी काम सक्नुपर्छ । दिनभरी अफिसको काममा व्यस्त भइन्छ । अफिसबाट साँझ फर्केर घरधन्दाका काम सिध्याएर मोवाइलमा इन्टरनेट खोल्यामात्र हुन्छ ।
स्क्रिनमा टुप्लुक आइहाल्छन म्यासेजहरु कता गायव ? खाना भयो ? के गर्दै छौ ? बिर्सेको ? हुन त साथीभाइ आफन्तको म्यासेज रिप्लाई गरौं न, केही समाचार पढौं न आज नेपाल र अन्य देशहरुमा के कस्ता घटनाहरु घटे भनेर मोबाइलमा इन्टरनेट खोलेर प्राथामिकतामा हेरिन्छ ।
मलाइ दिदीबहिनीहरूले यस्ता कुरा सुनाउनु हुन्छ । कतिपयले म्यासेज देखाउनु हुन्छ । सायद, दिदिबहिनीहरूलाई यही प्रश्न गरिन्छ । दिदीबहिनीहरूले यस्ता कुराहरुमा गुनासो गर्नुहुन्छ । प्रायःलाई यसप्रकारको समस्या हुँदो रहेछ । कतिपय दाजुभाइहरूलाई पनि यस्ता समस्याहरू भएका होलान् । तर, महिलालाले पुरुषलाई म्यासेज गरेर हैरान पार्ने गरेको कमै होलान् ।
यो समस्या हामी महिलालाइ बढी परेको हुनुपर्छ । प्रायःलाई फेसबुकलगायतका सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्ने विस्तृत जानकारी नहुन सक्छ । उहाँहरूले आफ्नो भाइबहिनी, छोराछोरीले बनाइदिएको आइडी समाचार पढ्न र फोटोहरू हेर्न मात्र चलाउनु भएको हुन्छ । मेरो चिनजानमा रहेका केही आमा दिदिहरुले भन्नु हुन्छ, ‘यो फेसबुक चलाउन राम्रोसँग आउदैन तर यसै फेसबुक हेरुन त भनेर र टाढा भएका छोराछोरीसँग भिडियो कल गरौं न भनेर खोलिदिएका’ भन्नुहुन्छ । उहाँहरूलाई चिनजान कै वा अपरिचित मान्छेहरूले हरेक समय म्यासेज गरेर वाक्क दिक्क बनाइ रहेका हुँदा रहेछन् । मैले देख्या छु ती आमाहरुले मलाइ फेसबुक खोलर फोटो पठाइदे भन्नु भएको समयमा । मैले केही खराब फोटोहरु र म्यासेजहरुको आधारमा कतिपयलाई आफैं ब्लक पनि गरिदिएको छु ।
केही आफ्नै कुरा म मेरो साथीहरु र दिदीबहिनी फेसबुक र अन्य सामाजिक सञ्जाल चलाउन जान्ने छौ भन्छौ । तर, समस्या हाम्रो पनि उही नै हो । कोरोना भाइरस (कोभिड–१९) का कारण भएको लकडाउनले घरमै बस्नुपर्ने अवस्था आएको थियो । फुसर्दिले समय भयो । त्यसको असर त समाजिक सञ्जालमा पनि प¥यो । सामाजिक सञ्जाल असमाजिक भएको महसुस गर्ने प्रसस्त ठाँउ भयो । अझ त्यो समस्याले ठूलो रूप लियो र म्यासेन्जरमा गफ गर्न रुचाउनेहरुका लागि त त्यो समय धेरै उपयुक्त नै रहयो ।

        उहाहरुले पटकपटक बोलाउनु हुन्छ । म्यासेजको रिप्लाई नदिए, म्यासेज हेरेर छोडे यात म्यासेज नै नहेरे पनि उहाँहरुले भ्वाइस म्यासेज, भ्वाइस कल वा भिडियो कल नै हान्न पनि पछि पर्नु हुन्न । अनि त्यही कल पनि नउठाउदा लेख्नु हुन्छ बिजी हो ? रिसाएको ? के गर्दै होर ? बोलन ! भाउ खाज्या हो ? उहाँहरुको यस्तो हर्कत देख्दा लाग्छ हामी महिला÷युवतीहरु कामबिहिन छौ हामी उहाँहरुको म्यासेजको रिप्लाइ गर्न जतिबेला पनि म्यासेनजर अन गरेर बसिरहेका हुन्छौ । हाम्रो अरु केही काम कर्तव्य नै हुदैन ।
गाउँघर र सहरतिर देखि रहेको अनुहार फेसबुकमा जोडिएको छ । उसको घर परिवारको बारेमा सबै थाहा छ । तर उसको फेसबुक प्रोफाइल चेक गर्दा नत उसको घरको अन्य सदस्यहरुको फोटो पाइन्छ, नत अन्य आफ्ना मान्छेहरुको फोटो नै यस्तो गर्नुको एउटै उद्देश्य फेसबुकमा आफ्नो वास्तविकता लुकाएर अन्य मान्छेहरुलाई डिस्ट्रब गर्नु नै हुन्छ ।
हिजोआज म आफ्नो भन्दा पनि आफूभन्दा साना बहिनीहरु र मेरा अग्रज आमा दिदीहरुको यस्ता पिडा मिश्रित अनुभवहरु सुन्ने गर्छु । उहाँहरूले यस्ता समस्या सुनाउँदै गर्दा उहाँहरूको अनुहारमा डरको भावहरुको महसुस गर्छु । बहिनीहरु सुनाउछन् ‘साथीहरूभन्दा बढी साथिहरुको बुवा, दाइ, काकाहरुले म्यासेज गर्छन ।’ म्यासेजमा ‘साथीको घर कहिले आउने नानु ?’ ‘घरमा का ेको छौ ?’ ‘आउने भए भन है म लिन आउछु !’ ‘किन आउन छोडया ?’ जस्ता कुराहरु भनिरहदा रहेछन ।
म सल्लाह दिन्छु यस्ता तल्लो स्तरको हर्कत गर्नेहरुलाई ब्लक गर्ने अप्सन फेसबुकले दिएको हुन्छ । कतिपय ब्लक गर्न पनि डराउछन् । म भन्छु नचिनेका नौला मानिसहरुलाई फेसबुकमा फ्रेन्ड नबनाउ तर समस्या त कहि देखेका, थोरै चिनेका र केही नजिकबाट चिनेकाहरुमा पो हुदो रहेछ !
केही समय अगाडी म पनि चिनेका मान्छेलाई, आफूलाई मन पर्ने कलाकारहरु यात आफुले मान्ने मान्छेहरूलाई आफै फे्रन्ड रिक्वेस्ट पठाउथे । रिक्वेस्टहरु एक्सेप्ट पनि हुन्थे र म्यासेज पनि आउथे । मलाइ असाध्यै खुसी लाग्थ्यो । उहाँहरु जस्तो नाम चलेका चर्चित व्यक्तिहरूले मेरो रिक्वेस्ट एक्सेप्ट गरेर आफैं म्यासेज गर्नुभयो भनेर तर मेरो त्यो बुझाइ गलत रहेछ ।

        केही समयपछिको च्याटबाटै थाहा पाए । उहाँहरूसँग मैले केही दिन च्याट गरे बढो इज्जतका साथ मत मख्ख थिए त्यस्तो देश विदेशमा नाम कमाएको मान्छे मसँग बोन्लु भयो । म भन्थे मत हजुरको फ्यान होनी वास्तवमा म उहाको फ्यान नै थिए । उहाँ पनि भन्नु हुन्थ्यो,‘म पनि हजुरको स्टोरीहरु हेर्छु’ झनै खुसी लाग्थ्यो ।

     केही दिनपछि भने उहाँपनि ‘बिजी हो’ शौलीमा झुल्कन थाल्नु भयो । त्यो समय मलाई कताकता दुःख लागेको थियो । देश बिदेश नाम कमाएको आफूले इज्जत गरेको मान्छेको त्यो शैली देखेर नरमाइलो महसुस गरे ।
यो त भयो घर बाहिरको कुराहरू कसैलाई सामाजिक सञ्जालमा जोडन मन लागे जोडने नत्र ब्लक अन्फ्रेड जस्ता अप्सनहरु छदैछन् । तर कहिलेकाही परिस्थिति यति अप्ठ्यारो बन्छ आफ्नै नातागोता भित्रका र नजिकबाट चिनेका मान्छेहरूको यस्तो हर्कत झेल्नु पर्छ । उहाँहरूलाई नत ब्लक गर्न सकिन्छ, नत अन्फ्रेन्ड नै नत भेट्दा खुलेर बोल्न सकिन्छ न गाली गर्न नै सकिन्छ न सकिन्छ चुपचाप बस्न ! सायद बिजी हुनुन्छ ! हामी जस्तासँग के बोल्ने फुर्सद हुन्थ्यो ! हजुर त ठूलो मान्छे, हजुर त बिजी मान्छे ! कहिलेकहीँ त हामीसँग पनि बोल्ने गर ! आफन्त नातागोता भित्रका आफूले इज्जत दिएका मान्छेहरुको यस्ता वचनहरुले यति अप्ठ्यारो महसुुस गराइदिन्छ र कति त मानसिक असर पनि पर्छ ।
ए भगवान ! बोल्नै पर्ने कुरा गर्नै पर्ने गफ भए त आफैले बोलाएर पनि भनिन्छ । कहिलोकाहीँ फुर्सदमा सञ्चो विसञ्चो पारिवारिक कुराहरू त आफै बोलाएर पनि सोधिन्छ । चिया खायौं, कति बजे उठयौ, कति बजे सुत्यौ ? खाना खायौं, सब्जी के खायौं जस्ता बेकारका कुराहरु गरेर आफूले पाउदै गरेको इज्जत र किन गुमाउने ? मेरी एकजना साथीलाई पनि धेरै समय अगाडीबाट यस्तै समस्याले सताएको रहेछ ।
बैंकमा जागिर गर्ने उ बिहान सधै हतारहतार मा नै हुन्छे । दिनभरी पनि काममा व्यस्त बेलुका आफ्नो सकेर केही समाचार पढौ न केही कुराहरूको जानकारी लिउ न भनेर अनलाइन जाने बित्तिकै धमाधम म्यासेज आउन थाल्दो रहेछ ।
म्यासेज अरू कसैको नभएर उसकै श्रीमानको साथीको रहेछ । उसले सधै म्यासेज गरी रहँदा रहेछन कहिलेकाहीँ उसले पनि रिप्लाई गरेकी रहिछे,‘सबैजना आराम छौ ।’

     (रिप्लाई म्यासेज) श्रीमानको साथीले सधै म्यासेज गर्न थालेपछि उसलाई धेरै अप्ठ्यारो महसुस हुन थालेको रहेछ । उसले श्रीमान्लाई भन्न पनि सक्दिनन् । आफ्नो साथीलाई कहिले फोन म्यासेज नगर्ने साथीको (श्रीमतीलाई खाना भयो, चिया भयो, बिजी हो भनेर सधै म्यासेज गरिरहने) उसको त्यो प्रवृत्ति देखेर उ डराइ छ । ब्लक गरौं त किन गरिस् भन्ने प्रश्न उठछ, नगरौ अवस्था यस्तो छ त्यसपछि उसले कुनैपनि म्यासेजहरु हेरिन हैरान भएर केही दिन फेसबुक नै चलाइन् । केहीदिन पछि श्रीमानलाई सबै कुरा भनि र फेसबुक खोल्दा म्यासेज आउन रोकिएको रहेनछ ।
एकदिन दुवै बसेर त्यो साथीलाई भिडियो कल गरेर श्रीमान बोलेपछी म्यासेज आउन बन्द भएछ । उ एउटी छोरी, श्रीमती, बुहारी, आमा हो । उसका यी सबै कुराहरु सुनेपछि मलाई लाग्यो महिलाहरुले दैनिक भोगी रहनु परेको एउटा समस्या एउटा पीडा यो पनि हो ।
यस्ता समस्याहरू हुँदा कतिपय महिलाहरूले खुलेर कसैलाई सुनाउन सक्दैनन । आफूमाथि परेको अफ्ठयारा कुराहरूलाई सहज बनाउन सक्दैनन् । तर, दिदीबहिनी अब बोल्ने पालो तपाई हाम्रो नै हो ‘नबिराउनु नडराउनु’ भनाइ नै छ । आफूलाई असहज हुने कुरा कसैले गर्छ भने, आफ्नो दैनिक जीवनमा कसैले बाधा पुर्याउन खोज्छ भने डटेर त्यसको सामना गरौं ।

        ए हजुर सुन्नुस् न ! हामी आफ्नो आफन्त, साथीभाइ, नजिकको छिमेकी, श्रीमानको साथी भनेर इज्जत गरेर खुलेर बोल्यौ भन्दैमा हजुरहरु आफ्नो गिरेको औकात र फोहोरी हर्कत देखाउन नलाग्नुस न । हजुरहरूलाई इज्जत चाहिन्छ भने तपाई पनि कसैको छोरी, बुहारी र दिदीबहिनीलाई इज्जत दिनुस् ।

         गर्नैपर्ने गफ, भन्नै पर्ने कुरा, सुनाउनै पर्ने महत्वपूर्ण विषय भए इज्जत साथ म्यासेज छोडनुस, फोन गर्नुस् सधै खुला छ म्यासेज बक्स र सधै अन छ फोन लाइन । तर, भात खानु भयो ?, चिया पिउनु भयो ?, उठनु भयो, सुत्नु भयो ?, बिर्सेको ?, भाउ खोजेको ? जस्ता बेकारका प्रश्नहरु गरेर कसैलाई दिक्क नलागाउनुस र यस्ता प्रश्नहरुको जवाफ आएन भन्दैमा अबबाट नलेख्नुस ‘विजी हो ?’, ‘बिर्सेको ?’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार