लेख

‘बलात्कारीलाई फाँसी दे’

 2123 पटक हेरिएको

इलाम । केही समय अघिबाट एउटै कुरा लेखिरहन बोलिरहन मन लाग्छ। बोल्नु पर्ने ठाउमा नबोलेपछी, टेक्नु पर्ने ठाउँमा खुट्टा नटेकेपछी अरुबेला ट्याउट्याउ म्याउम्याउ गर्नुको कुनै तुक हुदैनू । हे महिला अधिकार कर्मी, हे न्याय देवि, हिजो लैङ्गकि हिसा भयो भनेर बुरुक्क उफ्रिरहदा आज यी कलिला कोपिलाको निमित्त कुनै आवाज छ कि छैनरु जो दिनदहाडै बलात्कार पछि हत्याको शिकार भईरहेका छ्न।

न्यायदेविको घरमा कलिला कोपिला छ्न कि छैन्नरुआफु, आफ्नो आफन्त, नजिकका साथीहरू र भगवानलाई झै पुजा गर्दै ढोक चढाउदै मानी आएका आफ्ना नेता ज्युहरुलाई कसैले गाली गर्दा कसैले आलोचना गर्दा गलतकुराको खण्डन गर्दा लैङ्िगक हिसा भो भन्दै बुरुक्क उफ्रिने ती गोडाहरु, तथानाम शव्दहरु लेख्ने ती हातका औलाहरु, तुच्छ बचनको बाण हान्ने ती ओठहरु आज कता तिर लुके कि लुकाईयोरुके सरकार बलात्कारीलाई फाँसी दे भन्दै उफ्रिन ती गोडा कापेरु के बलाकारीलाई फाँसी दे शव्द लेख्न ती हातका औंलाहरु मानेन्नरुके बलात्कारीलाई फाँसी दे भन्न ती ओठहरु बर्बराएन्नरु यदि हजुरहरु साच्चै बलात्कार जस्तो जघन्य अपराधको विरुद्धमा आवाज उठाउन चाहनु हुन्छ, उठाउदै हुनुन्छ भने यदि छोरी बचाउन चहाउनु हुन्छ भने बिर्सनुस हजुरको पार्टी  (गुट उपगुट), बिर्सनुस कसलाई बलात्कार भयो, बिर्सनुस उसको जात धर्म केहो। आज भागिरथीको बलात्कारको शिकारपछि विधम्स हत्या हुनु हिजो निर्मलाको हत्याराको पहिचान नहुनु होइन ररु जुन देशमा नारीलाई देवी मानी पुजिन्छ, जुन देशको सम्मानीय राष्ट्रपति स्वयम् महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानुन कार्यान्वयन निकायहरूले पनि सामान्य लिएको देखिन्छ । यहाँ बालिकाहरूलाई बलात्कारपछि हत्या गर्दा,भोग लगाउदा हामी मात्रै कठैवरा भएका छौ।

छोरी असुरक्षित कहिलेसम्म ?

वैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका वडा नं ७ चडेपानीकी कक्षा १२ मा पढ्ने १७ वर्षीय छात्रा भागीरथी भट्टको बलात्कार पछि हत्या भएको खवरले मर्माहत भएको छु । गत वुधवार विद्यालयमा पढ्न गएकी उनको विहिवार लवलेक जंगलको खोचलेक गिरेगडाको ग्रामीण सडकवाट करिव ५० मिटर तल झाडीमा बिधम्स अवस्थामा शव भेटियो। अघिल्लो वर्ष २०७५ श्रावण १० गते कन्चनपुरको भिमद्त नगरपालिकामा निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो । त्यो बेला पनि धेरै लेखियो बलात्कारिलाई फासि देू भनेर र आन्दोलन गर्न पनि धेरै हिडियो नतिजा बलात्कारी नै पत्ता नलाग्ने आयो । आज सम्म पनि दोषी पहिचान गर्न राज्य र सम्बद्ध निकाय असफल भएको छ । निर्मला प्रकरणको दोषी लुकाउदा लुकाउदै पुन सुदुर पश्चिममै भागिरथी भट्टको बलात्कार पछि बिधम्स हत्याको खबरले मर्माहत त बनाएकै छ आक्रोशित पनि पार्यो।

बलात्कार जस्तो जघन्य अपराधमा संलग्नहरुको पहिचान हुन नसक्नु र पिडीतले न्याय पाउँन नसक्नुमा राज्य स्वंय अपराध प्रति गम्भीर नभएको जस्तो देखिन्छ। घटना घट्छ, अनुसन्धान गरे जस्तो पनि गरिन्छ तर अपराधी कोहो पहिचानै नहुने कुरा आफैंमा लापरबाही र लज्जास्पद कुरा हो। राज्यको यस्ता निकम्मा पनको कारण अपराधीहरुको मनोवल उच्च हुँदै गइरहेको महसुस प्रत्येक दिन हुन्छ । बलात्कार जस्तो जघन्य अपराधको विषयमा कानून संशोधन गरी अपराधीलाइ मृत्यु दण्डको व्यवस्था गर्दा के हुन्छरु अब हरेक नेपालीले कानुन सम्बोधन गरि बलात्कारीलाई फाँसी हुने व्यवस्थाको माग गर्न जरुरी छ।

भागिरथी भट्ट त केही दिन अघिको घटनाको एक प्रतिनिधि पात्र मात्रै हुन बलात्कार पछि हत्या हुने धेरै छ्न। यहि माघ ७ गते बुधबार बाट सुरु भएको टेलिभिजन कार्यक्रम ऐना सामाजिक र मानवीय मुद्दाहरुलाई केन्द्रमा राखेर प्रस्तुत हुने गरेको छ यहि कार्यक्रमको एउटा भाग चुडिएको कोपिलाु मा निर्मला पन्त जस्ता अन्य धेरै पीडितहरुको परिवारलाई ल्याएर सवाल गरिएको थियो । कार्यक्रममा निर्मला पन्तकी आमाले भन्दै थिइन मेरि छोरीलाई बलात्कार पछि हत्या गर्नेलाई त्यसैगरी पीडा दिएर मार्ने मन छ, के भयो होला त्यो बेला कसैले देखे किन देखेन्न होला के भन्दै चिच्याई होलि मेरि छोरी बलात्कारिलाई त्यसैगरी सजाय दिएर मार्न मन छ भन्दै थिइन बिचरा आमालाई कति आशा छ छोरीको बलात्कारीरहत्यारा छिट्टै पत्ता लाग्नेछ भनेर बिचरा आमालाई के थाहा सम्बन्धित निकाय त अन्य कुराहरुमै असाध्यै व्यस्त छ।

रास्ट्रपति, प्रधानमन्त्री, मन्त्री, ससद वा अन्य ठुला भनिनेहरुलाई कुनै कुराको आलोचना गर्दै वा केही कुरामा बिरोध जनाएर फेसबुकमा केही कुरा लेख्यो मात्रै भने तत्काल ती आलोचनात्मक चेत भएका मानिसहरुलाई खोजेर पत्ता लगाएर कार्वाही गरिन्छ तर यहाँ बलात्कारी भेटिदैन। दिदिबहिनीहरुले यस्ता घटनाहरु दिनहुुँ घट्दा र सम्पुर्ण नेपाली महिलाहरुको पक्षमा उभिनु पर्ने अवस्था आउदा दलगत पार्टीगत स्वार्थ भन्दा माथि उठन सक्नु पर्छ र भन्न सक्नु पर्छ। सरकार ‘बलात्कारीलाई फाँसी दे।’

मनिसा अधिकारी

इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार