अनेरास्ववियुको वर्तमान र भविष्य

  विशाल कार्की

 2081 पटक हेरिएको

नेपालको विद्यार्थी आन्दोलन नेपाली राजनीतिक इतिहासको अध्ययनमा छुट्याउन नहुने च्याप्टर हो । अहिलेको राजनीतिक वृत्तभित्र पनि शीर्षदलका धेरै नेताहरुको पृष्ठभूमि विद्यार्थी राजनीतिबाटै उदाएको पाइन्छ ।
राजनीतिक चेतको विकास गर्ने, भोलिको देश हाक्ने नेता उत्पादन गर्ने ठाउँका रूपमा पनि विद्यार्थी राजनीतिलाई लिन सकिन्छ ।
निरङकुश तानाशाही व्यवस्थाले आफ्नो स्वार्थका लागिमात्रै स्थापित गरेको शैक्षिकस्थितिको सुधारका निमित्त वि.सं. २००४ सालमा जयतु संस्कृतम् आन्दोलनसँगै सुरु भएको विद्यार्थी आन्दोलन पछि नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसन( नेराविफे)को रूपमा संगठित रूप पायो । वि.सं २०१७ पौष १ गते राजा महेन्द्रको कुँ पछि राजनीतिक दलहरू प्रतिबन्धमा परे पञ्च बाहेक अरू विचारमा हिड्न बोल्न नपाउने स्थिति भएपछि विद्यार्थीहरुले राजनीतिक दलका आवाजलाई बोल्न थाले ।
यसै शिलशिलामा वि.सं २०२२ जेठ १ गते कमरेड आत्माराम खरेल (सुजन) को अध्यक्षतामा स्थापना भयो अनेरास्ववियु । यो संगठन वामपन्थी आस्था राख्ने विद्यार्थीहरूको संगठन थियो र हो । यद्यपि, यसको नाम वि.सं. २०२५ सालमा सम्पन्न राष्ट्रिय सम्मेलनले राख्यो ।
अनेरास्ववियुले आफ्नो नामलाई विद्यार्थी संगठनको शिर्ष स्थानमा स्थापित गरी सकेको छ । इतिहासमा शैक्षिक आन्दोलन होस् वा व्यवस्था परिवर्तनको आन्दोलनको कुराहोस् अनेरास्ववियुले आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भएको छ । यही कुरालाई कायम राख्न अनेरास्ववियुले आफ्नो अझ प्रभावकारी कार्ययोजना वनाउने र कार्यान्वनको लागि बुलन्द भएर लाग्नु पर्ने आवश्यकता झन् झन् खड्किदो छ । यसको अर्थ अब प्रणालीमा परिवर्तन गर्नुपर्छ भन्ने होइन वरु स्थापित लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाईं अझ सुदृढ, बलशाली, समावेशी बनाउने कुरामा भूमिका खेल्नु पर्दछ ।
यही जगमा टेकेर समाजवादी राज्यव्यवस्था स्थापना गर्ने कुरामा पनि अग्रणी भूमिका खेल्नु पर्दछ । वर्तमानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको निर्णयद्वारा पूर्ववत नेकपा (एमाले) र माओवादी केन्द्रमा फर्के पछि । सोही दलसँग आवद्ध विद्यार्थी संगठन पनि पूर्ववत् अवस्थामा नै फर्किने निश्चित छ जसले विभाजित अवस्था निम्त्याउने पनि निश्चित छ ।
यो राजनीतिक अवस्थालाई चुनौती र अवसरका रूपमा ग्रहण गरी सम्पूर्ण विद्यार्थीहरूलाई एकताबद्ध गरि आन्दोलनको मूल प्रवाहमा अनेरास्ववियुले नै ल्याउनुपर्ने देखिन्छ ।
एकता प्रकृया र भागबन्डाले ध्वस्त भएको संगठनको प्राणलाई फेरि भर्नु नै हाम्रो लागि महत्वपूर्ण कार्यभार हो । नियमित सम्मेलन गर्ने कुरालाई फेरि निरन्तरता दिनुपर्ने छ । विभिन्न भुगोल, क्षेत्र, विश्वविद्यालय, स्कुल, कलेज आदिमा गठन गरिने कमिटीहरु करिब अढाई वर्षसम्म गठन भएनन् । विद्यार्थीहरुलाई संगठित गर्ने यो अभिभारालाई देशव्यापि रूपमा व्यापक ढंगले अघि बढाई चाँडोभन्दा चाडो महाधिवेशन गर्नुपर्ने देखिन्छ ।

अनेरास्ववियुमा विभिन्न समयमा बहसका रूपमा उठ्ने विषय वस्तुमध्ये जल्दोवल्दो मुद्दाका रूपमा उमेर हदको मुद्दा रहेको छ । स्ववियुको आश र अन्य विभिन्न फाइदालाई ढुकेर होस् वा आफ्नो राजनीतिक जीवनको सुरक्षाका निम्ति दोहो¥याइ तेहे¥याइ एडमिसन गर्ने र अधवैशे उमेर कट्दासम्म विद्यार्थी नेता हुने चलन पछिल्लो समय बढ्दो छ ।

अनेरास्ववियुमा विभिन्न समयमा बहसका रूपमा उठ्ने विषय वस्तुमध्ये जल्दोवल्दो मुद्दाका रूपमा उमेर हदको मुद्दा रहेको छ । स्ववियुको आश र अन्य विभिन्न फाइदालाई ढुकेर होस् वा आफ्नो राजनीतिक जीवनको सुरक्षाका निम्ति दोहो¥याइ तेहे¥याइ एडमिसन गर्ने र अधवैशे उमेर कट्दासम्म विद्यार्थी नेता हुने चलन पछिल्लो समय बढ्दो छ ।
जसले पढोस् या नपढोस् विद्यार्थी नेता भन्नुपर्ने र मान्नुपर्ने तीतो यथार्थ छ तसर्थको समेत जन्मलिएको छ । त्यसलाई निस्तेज पार्न उमेर अबको महाधिवेशनले हद कायम गर्नुपर्दछ ।
विद्यार्थी आन्दोलनमा लागेका नेता कार्यकर्ता बीच जुन किसिमको छलफल, बहस, पैरवी हुने गर्थे ती सम्पूर्ण सुन्दरताहरू आज विस्तारै क्षयीकरण हुँदै गएर करिब वितृष्णा अवस्थामा छ । कुनै बेला अनेरास्ववियूका पूर्वअध्यक्ष टंक कार्की चुरोट खाएका कारण अनुशासनको कारबाहीमा पर्नुभएको थियो भन्दा लोककथा जस्तै लाग्न थालेको छ ।
कार्यकर्ता पङ्ति मात्र होइन स्वयम् नेताहरूमा समेत अनुशासन र पठन संस्कृतिमा क्षय भएको कुरा लुकाउन चाहेर पनि नलुक्ने स्थितिमा पुगेको छ । तसर्थ,अनेरास्ववियुको साखलाई बचाउन नैतिक आचरण, अनुशासमा केन्द्रीयता र जनवादसहित अध्ययन संस्कतिको विकास आवश्यक छ ।
विश्वको विद्यार्थी आन्दोलनलाई हेर्ने हो भने आन्दोलनका विभिन्न स्वरुपहरू देख्न पाइन्छ । तर,नेपालमा अझैपनि विद्यार्थी आन्दोलन विध्वंसात्मक प्रकृतिले गरिन्छ । राको र पुल्ठो बोकेर सडक जाम गर्ने र सर्वसाधरणलाई दुःख दिनेकाम गरेको वितृष्णा दृश्य देखिने गरेको छ । यही जगलाई टेकेर केही कोठे र वजारी बुद्धिजीविले विद्यार्थी सठन खारेजी गर्नुपर्छ र औचित्यमाथि समेत धावा बोल्न भ्याए ।
हाम्रा कमिमजोरीलाई पर्गेली त्यस्ता आन्दोलनलाई निरुत्साहित गर्दै विद्यार्थीलाई छुने कार्यक्रम ल्याउँदै आफ्नो रचनात्मक आन्दोलनलाई अझ सुदृढ र गौरवशाली वनाउनु पर्ने देखिन्छ । तसर्थ,अनेरास्ववियुको नेतृत्वमा भएको आन्दोलनले यातायात तथा मनोरञ्जनका क्षेत्रमा भएको ४५ प्रतिशत छुट होस् वा प्रमाणपत्र धितो राखेर निव्र्याजी ऋण लिई व्यवसाय सञ्चालन गर्ने कुरा अझ प्रभावकारी कार्यान्वयन र सबैको पहुँचमा पु¥याउन भूमिका खेल्नुपर्ने देखिन्छ ।
सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकाङक्षालाई आफ्नो आन्दोलन बनाएर शैक्षिक क्षेत्रको सुधार गर्नुपर्ने देखिन्छ । व्यावहारिक र वैज्ञानिक शिक्षालाई दुरदराजसम्म पु¥याउन आवश्यक भूमिका खेल्नुपर्दछ । राष्ट्रियताको मामिलामा हिजो जसरी नै तैनाथ रहनु पर्ने छ ।
समग्रमा हाम्रा आन्दोलन भित्र रहेका नकारात्मक कराहरुलाई निस्तेज पार्दै , व्यवस्था परिवर्तन गर्न रहेको हाम्रो अग्रणी भूमिकालाई समृद्धिको यो यात्रामा पनि डगमगाउन दिन नहुने कार्यभार अनेरास्ववियु कै हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार