समाज सेवा गर्ने
हरेक माध्यम हुन्छ
दुःखीलाई माया गर्ने
लाखौं बाटो हुन्छ !!
नर्स भन्ने शब्द नै
कति मूल्यवान हुन्छ
हरेक दुखाईको मलम
नर्सकै सेवामा हुन्छ !!
ठूलालाई आदर र सानालाई
माया देखाई दिन्छन्
भोक तिर्खा चाड पर्व
सबै बिर्साई दिन्छन् !!
घर मानुन् या मन्दिर
अस्पताल नै हुन्छ उनको
दुखाई र कष्टमा परेका
सबै परिवार सम्मान हुन्छन् उनको !!
आफ्नो आँसु लुकाएर
अरुको आँसु पुस्छन्
आफ्नो दुःख भूलाएर
अरुको मर्म बुज्छन् !!
सविता दुलाल
इलाम