इलाम । साहित्यकार विष्णु नवीनको ८३ औं जन्मजयन्तीको अवसरमा इलाम सदरमुकाममा शुक्रबार‘इलामको साहित्यिक पुस्तक’ विमोचन गरिएको छ ।
उक्त पुस्तक लेखक डा. देवीक्षेत्री दुलालले लेखेका हुन् । नवीनको जन्मजयन्तीको अवसरमा इलामको सदरमुकामस्थित क्याम्पस रोडमा रहेको विष्णु नवीनको प्रतिमामा माल्र्यापण गरिएको थियो ।
नेपाली साहित्यमा नवीनको साहित्यिक योगदान अतुलनीय रहेको भन्दै साहित्यकार, पत्रकार एवं नवीनको परिवारजनले प्रतिममा अविर र माला लगाएर सम्झिएका थिए । यसै अवसरमा डा. क्षेत्रीले लेखेको पुस्तकको बारेमा छलफल गरिएको छ । पुस्तकमा इलाममा जन्मथलो र कर्मथालो बनाएका साहित्यकारबारेमा जानकारी गराउनुका साथै उनीहरूका कृतिका बारेमा जानकारी गराइएको छ ।
इलामे इतिहासमा भएका कार्यक्रम एवं स्रस्टाका सिर्जनाका बारेमा पुस्तकमा डा. क्षेत्रीले चर्चा गरेका छन् । कार्यक्रममा डा. क्षेत्रीले ठूलो प्रयत्नपछि पुस्तक लेखेर बजारमा ल्याएको भन्दै वक्ताहरूले चर्चा गरेका छन् ।
कार्यक्रममा बोल्दै साहित्यकार विमल वैद्यले पुस्तकमार्फत डा. क्षेत्रीले नयाँ तथ्यहरू बाहिर ल्याएको बताए । उनले बर्षेनी क्षेत्रीले पुस्तक लेख्ने गरेतापनि कुनै पुस्तकबाट राष्ट्रियस्तरमै तहल्का मच्चिने किसिमको लिएर आउने आशमा आफू रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले डा. क्षेत्रीले साहित्यमा मात्र नभई पत्रकारितामा उल्लेखिय योगदान गरेको बताए । कार्यक्रममा बोल्दै इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठ, इलाम साहित्य प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेलगायतले बोलेका थिए । जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको प्रमुख अतिथ्यमा भएको कार्यक्रम भएको हो ।