साच्चै सम्झना छैन मलाइ
म पहिलो चोटि कैले झोला बोके
मलाइ त्यो पनि सम्झना छैन
मैले पहिलो पटक
कस्ले झोला बोकेको देखेरु
तर मलाइ एले धेरै सम्झना हरु छ्न
थर्काउने झोला ,पढाउने झोला
अल्मलाउने झोला,झुटा नारा लगाउने
रंगिन झोलाहरु ,गुड्ने झोला हरु
भिर्ने र हातमा झुन्डाउने झोला
बलिया बोरे झोला अनि सुर्काउने झोला
प्राय मेलापात जादा बोरेझोलामा
हजुर आमाले पकाएको
अर्नि बोकेको थाहा छ ,
अनि त्यही झोलामा सिजन अनुसार
आँप ,फडेल,तिजु र
काफल टिपेको थाहा छ
सबै भन्दा बढी बोकेको झोला
ठ्याक्कै थाहा नभएपनी
सबै भन्दा बढी घृणा लाग्ने झोला
राजनितीको नाममा गाउँ गाउमा हिडेर
जबर्जस्त चन्दा थाप्ने झोला मेरो
मन मस्तिष्कमा बसिरहेको छ,
दया भनौ वा मायाले भरिएका
बाध्यतामा रहर मिसाएर आमाले
इज्जतको नाममा रिन खोजेर
भरिदेको छोरिको झोला हेरेर
उनै आमा मुस्कुराएको थाहा छ
गह्रौ पाइला सगै त्यही झोला उचालेर
बिदाइको पलमा मन थामेर
देखाबटी खुसी
ती छोरिले खै कसरि देखाउछिन
बाआमाको सामु
मेरो मनमा यहि प्रस्न
बारम्बार दोरिरहन्छ ।
एउटा भर्खरै
तेह्र बर्स पनि नपुगेको बालक
बाआमाले ठिक्क पार्दिएको झोला
बोकेर घर छोड्छ
थाहा छैन अगाडिको बाटो
अर्का युबा युवती
देशमा रोजगारि नपाएर
सपना झोलामा खादेर देश छोड्छ्न
देश छोड्नेका पनि समान झोला हुदैनन्
सायद सपना हरु समान हुन्छ्न होला
तर बाटाहरु भने समान नहुदा रहेछ्न
कति सपनाहरु बिदेशमै पोखिन्छ्न
कति झोलामा भरिएका सपना
एयरर्पोटमै लुटिन्छ्न घरसम्म पुग्दा
अरु धेरै कुरा पोखिएर सकिएको हुन्छ
सपना झोलामा खादेरै म जस्तै
परिवार बाट टाढा भएकाहरु
रहरले हैन बाध्यतामा
देश बाहिर गएकाहरु
कल्पनाका ठुला र रंगिन
झोला भर्ने आसैआसमा
बिस्तारै जवानी सकिन्छ
अनि उमेर सकिन्छ
आफ्नो खुसी रहर सकिन्छ
अनि अबस्य बूढो शरीर लिएर
आफ्नै देश फर्किन्छ
आफ्नै गाउँ फर्किन्छ
थाहा छैन यो अबस्थाले
कैले सम्म निरन्तरता पाउछ
हेर्दै जाउ झुटा रंगिन सपनाको
पुस्पबृस्टी अझै कति बर्स सम्म
निरन्तर बर्सी रहन्छ ।
अर्जुन पाण्डे
दक्षिण कोरिया