रहर थियोे, मनैबाट
मुसुक्क दिल खोलेर
निर्धक्कका साथ हास्न,
अरु सबै वरिपरि नाच्दा गाउदा
सङसङै नाच्न,
ती साथिभाई र छरछिमेकी
जस्तै गरि सधैं रमाएर बाच्न,
उनीहरुले जस्तै गरेर
रुपैयाँ पैसा कमाएर साच्न,
तर खै मलाई भाग्यले दिएन
या मैले कर्म गर्न जानिन
पाइन कहिले पनि
दिल खोलेर हास्न !
अह थाहा छैन
आज सम्म कसरी सकिरहेकी छु
म टिलपिल टिलपिल आँसु लुकाई हास्न?