जब तिमी मेरोसामु आयौं 
तब भूकम्प बनिदियौं
मुटुलाई केन्द्रविन्दु बनाएर
घघडान हलचल गरिदियौं !
मैले नाप्न सकिनँ
त्यो कति रेक्टर स्केललको थियो
मुटु भत्कियो
र टुक्रा टुक्रा बनेर छरियो
तिम्रै पयरको वरिपरि
म बटुल्न तल्लिन भएँ
तिमीले पनि साथ दियौं
जब बल्लतल्ल जोडें
टुक्रिएको मुटु
म त हेरेको हे¥यै भएँ
स्थिरताका साथ
कि त्यहाँ गुलाबका पत्रले
प्रेमको कलम बनेर
मेरो मुटुलाई
तिम्रो नाममा
अनुवाद गरिदिएका थिए ।
कवियत्री थपलियाको कविता सञ्चयन अभियुक्त आँखा चाडै सार्वजनिक हुँदै छ ।


841 पटक हेरिएको 









