गजल

  विशाल कार्की

 1772 पटक हेरिएको

मैले झक्झकाए बोलाए तर कोल्टे फेरि दियो। 
यो जीन्दगीले मलाई आधि दियो वेहरी दियो।

सहरबाट लखेटिएको अनिदो वटुवा रैछ
बरु दुख नै होस् गाउले उस्लाई मझेरी दियो।

छोराको मुख हेरेर मात्र मर्छु भन्थिन आमा
छोराले दागबत्ती आमाको मुख नहेरी दियो।

समय  बद्लीन्छ बद्लीन्छ भन्नुहुन्छ तपाईं
हेर्नुस् त समयले तपाईंलाई नै फेरि दियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार