गजल

  सुवास लकान्द्री

 743 पटक हेरिएको

मान्छेले मान्छेलाई यहाँ दास बनाउँदैछ
चाल चलेर जोकर फाल्नु तास बनाउँदैछ

समाजसेवाको भाषण छाँट्नेहरुले नै यहाँ
मनमा कपट र स्वार्थको निवास बनाउंदैछ

वैभवमा के पो छ कुन्नि यस्तो चिज 
बुद्धि खियाउनेहरुलाई जिउँदो लास बनाउंदैछ

गरिबले सपना देख्नु पनि व्यार्थ रहेछ
आफैलाई आफ्नो उदेश्यले निराश बनाउंदैछ

समाजको संरचना नै यस्तो रहेछ सहरमा !
यहाँ मान्छेलाई सधै उपहास बनाउँदैछ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार