हो बाबा,
मलाई डर लाग्छ ठूला सपना देख्न
ठुला सपना देख्ने मान्छे हरुलाई त्यै सपनाले जलाउछ हो?
परदेशमा धन कमाएर जस्ताको छानो हाल्ने तपाईंको ठूलो सपना खायो हैन समुद्रको माछाले?
पढेर ठुली मान्छे बन्ने ठूलो सपना बोकेर एक घण्टा टाढाको स्कुल धाउने ठुल्दिदीलाई निमोठ्यो हैन ब्बाँसाले? पारी खोल्सामा,
हो बाबा,
देश परीवर्तन गर्ने ठूलो सपना लिएर जुटेका सत्र हजारको घरवार खरानी भएन र??
के गरेन र ठूलो सपनाले??
छोरालाई ठूलो स्कुल पठाउने ठूलो सपना बोकेका श्याम काकाको घरवारी स्कुलको फिसमै चिलिम भएन र??
त्यसैले, बाबा!
मलाई ठूला सपना देख्न डर लाग्छ।
सपनामा ठूला घर, ठूला डाँडा, ठुला मान्छे, ठूला शहर, देश देंखें भने भोलिपल्ट बिहानै मन्दिर जाने गर्या छु बाबा,
त्यै मन्दिर जहाँ भित्तामा माला लगाएर तपाईंले आमा भनेर चिनाएको मान्छेको फोटो झुन्डिएको छ।
म हतास हुन्छु बाबा, जब ठुला ठुला लात्ती म माथी पर्छन।
त्यसैले,
ठूला सपना हामिले देख्नु हुन्न बाबा
बस्! मेरो त एउटा सानो सपना छ ?


1116 पटक हेरिएको 









