उज्यालो बिचार छ,अाँखामा थोरै अन्धकार छ
दुई पाउमा पो म छु ,
बाकी जे छ संसार छ
पत्ता लगाउँदैछु त्यो,
जसको कारण म अघि छैन
ए म मान्छे हुँ नि त,
मेरो अघि हिडेको अहंकार छ
उडेर छिटो हुन्छ गुडेर छिटो हुन्छ,
घस्रेर के हुन्छ
हैन रहेछ हुजुर त्यस्तो,
म हिड्ने बाटोनै पम्पचर छ
यस्तो चोट पर्यो कि
नसुनाउ निको हुदैन
कहिले पिर खपेर सुनाउन गएँ,
सुन्दिने मान्छे झन हतार छ


811 पटक हेरिएको 









