अस्ताई सक्यो घाम अब जुनको कुरा गर्नुपर्छ ।
नेपाललाई टल्काउने सुनको कुरा गर्नुपर्छ ।।
हटाएर बेरोजगारी, भष्टचार र भोकमरीलाई ।
सबै मिली जाडो छेक्ने ऊनको कुरा गर्नुपर्छ ।।
अशान्ति, अन्याय र रोदनको बाजा छोडी
सारङ्गीको मिठो त्यो धुनको कुरा गर्नुपर्छ ।।
धर्म, लिङ्ग, वर्ण अनि जात बीच भेदभाव छोडी ।
सबैको त्यो एकै नासे खुनको कुरा गर्नुपर्छ ।।
अशिक्षा र अन्धविश्वास हटाएर ज्योति छर्न ।
मिली युवा ज्ञान अनि गुनको कुरा गर्नु पर्छ ।।