सुनौला सपना मिल्छ र दशैंमा ?
शान्तिको चाहना मिल्छ र दशैंमा ??
प्लास्टिक टिपि हिड्ने सडक बालबालिकालाई,
मीठो मीठो खाना मिल्छ र दशैंमा ?
टालेका लुगा लगाई जिउ ढाक्नेहरुलाई,
राम्रो राम्रो नाना मिल्छ र दशैंमा ?
श्रमको मुल्य नपाएको त्यो गरिब मजदुरलाई,
कमाउने बहाना मिल्छ र दशैंमा ?
अहिलेसम्म राहत नपाई पालमुनि बसेका पीडितलाई,
जिउ ओताउने छाना मिल्छ र दशैंमा ?
ढिंडो गुन्द्रुक खाइ छाक टार्नेहरुलाई,
मासुको एक चाना मिल्छ र दशैंमा ???
इ.न.पा ५,बिब्ल्याँटे,


1569 पटक हेरिएको 









