
रातमा गफ हुन्छ ।
च्याट हुन्छ।
सबै फुर्सद हुन्छन।
म जस्ता कति छन यहाँ ??
हातमा सीप नभाको,
पढेर १५/२० कक्षा सिध्याको,
हलिमा नपत्याको,
जागिरमा सोर्स नपुगेको ।
गाउको
गरिबको छोरा बिदेशमा कम्तिमा २४ घण्टा काम गर्छ
अनि बेलुकि……
नेपालको न्युज हेर्छ…
अब नेपालमा
पानी जहाज ल्याईने छ ।
रेल कुदाईनेछ ।
रोजगार प्रशस्त ।
गाउमा आमा बिरामि हुदा डोको बोक्ने कान्छो…
गत रात कखगघ सिकेकै स्कुलमा गएर झुन्डिएछ
नेपालमै केही गर्छु भन्ने कान्छो,
न पानी जहाजको खलासि न नेपालको जागिर ।