सुन्दर नेपाल

कविता

  प्रभात मिश्र

 645 पटक हेरिएको

लालिगुँरास फुलिरहने यो सुन्दर नेपाल
चन्द्र सुर्य फरफराइरहने आफैंमा छ विशाल
सगरमाथा छ शिखर विश्व कै अग्लो हिमाल
सबैभन्दा प्यारो लाग्छ मेरो सुन्दर नेपाल

डाफें मुनाल राष्ट्रिय पन्छीले सुुन्दर छ
कञ्भनजगां मकालु सहितको ठूला अरु हिमाल
अनेकछन् जाति धर्म अनि बेग्ला बेग्लै संस्कृति
प्रत्येक ठाउँमा बेग्ला बेग्लै छ यहाँको यो प्रकृति ।।

गौतम बुद्ध सीतासहित भृकुटी जन्मिएको यो देश
आफ्ना आफ्नै परिवेशसहित आफ्ना आफ्नै छन् भेष
गोरखकाली हो जात हो हाम्रो मन छ ठूलो विशाल
सबैभन्दा प्यारो लाग्छ मेरो सुन्दर नेपाल ।।

प्रमुख बालि धान मकै गहुँ कोदो हुन अनि आदि
मेची कोशी तमोर कर्णाली प्रमुख नदी हुन् यी
सगरमाथा छ शिखर विश्वकै अग्लो हिमाल
सबैभन्दा प्यारो लाग्छ मेरो सुन्दर नेपाल ।।

                                      अर्जुनधारा ९ झापा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार