अाज बिशेष

  स्काइ पाेख्रेल

 522 पटक हेरिएको

गतिशिल सामाजिक अवशेसमा हुर्केको यहि समचेतन बालक

खोज्दै छ एक काल्पनिक अलौकिक स्वचालक

यस्तो आफ्नोपन जहाँ अवाव छैन ,

छ त केवल फरक मत

र अतुलनीय इच्छाले कुदिएको मृगतृष्णा

अत: चिन्ता छैन उसलाइ देशको,

न त भेषकै न त शेषको ,

न त अवशेषको चिन्ता छ

त केवल आफनै जिवनको पात्र बिशेष

र आजले सजाएको भविस्यको

देशको धत: हो लेख्दै छ उ

आज उसकै अलिखित र ब्यतित अतीत

सबैले असल वा भलादमी मानेको हो

या चरित्र पतित जिउन चाहन्छ

उ आफ्नै खुट्टाको बल र भ्रममा खादै छ

अनेकन चोट,खोट र ठक्कर

यसै क्रममा जीवन प्रगतिका अनेकन

सिधाबांगा मोडहरुमा जिवनका

हरेक उथलपुथल र तोडफोडहरुमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार