नबोलेर आँखा मात्रै, कड्काएर गयौ
के भो के भो दिलमा आगो, भडेकाएर गयौ
भर्खर मात्र सिक्दैछु म, माया प्रेमको भाका
केही बुझिन जिब्रो ट्वाक्क, पड्काएर
पर पुगी धेरै पटक, हेर्यौ फर्की फर्की
ढुक ढुक माको मुटु झनै धड्काएर गयौं
न त वार भो न त पार भो, जीवन अलपत्र
पिरती हलो बीचमै, अड्काएर गयौं
फिक्कल माध्यमिक विद्यालय फिक्कल, इलाम