य टक्क अड्यो ।
मन, शरीर
एकछिनलाई स्वास पनि
त्यही मन जहाँ तिम्रो शिकार चल्यो
शरीर पनि त्यही हो ।
जस्ले तिम्लाई छोयो,
तिम्रा हातहरु, तिम्रा केशहरुले
उफ अन्तिममा वर्वाद गर्यो ।
खुसी हर्यो,
अस्तिको दिन पनि ।
सहरको गल्ली जहाँ तिमी हुन्छ्यौ रे
त्यहाँ
मेरो पाईला पर्यो
ढुकढुकी स्वाट्ट बढ्यो ।
खुल्दुली झट्ट बड्यो ।
कस्तो आशावादी मगज ।।
गल्लीको चारै तिर
आँखाका नानी चर्यो
एकैछिनलाई सही,
तिम्रो सहरको साँगुरो गल्लीमा
मेरो सपनाको दरबार सर्यो ।
आज पनि,
पश्चिममा घाम अस्ताउदै गर्दा
मेरो नजर झ्याल बाहिर पर्यो,
क्षितिजमा मडारिने बादल
खै कता सर्यो ।।
पहेंलो घाम लुक्ने पहाडमुनी
तिम्रो घर त्यतै मेरो आँखा पर्यो ।
घर, पहाड अनि त्यो सहरको एक एक कुरा
मेरो छातीमा कत्ती गड्यो ।
तिम्रो याद, मैले गर्ने माया
न सड्यो, न टक्क अड्यो ।
बरु हिमाल चड्ने अरोही झै
दिनैदिन उकालो चड्यो ।
र,
बिहान बिउझैएरै पनि आँखा बन्द हुँदै गर्दा
मेरो दिमागले, मेरो मनले, गजक्क परि
तिमीलाई सम्झिन कैले भुलेनन ।
बरु सपना देख्न भुलौला,
स्वास तान्न भुलौला ।
तर तिम्रो यादबाहेक
मेरा इन्द्रियहरु अन्त कैले डुलेनन ।
अरु त कोही लाग्दैन
मेरो लागी जस्तै लाग्दै लाग्दैन ।
न तिनीहरु सँग मेरो आत्मा रमेको छ,
न खुसिको दियो जलेको छ,
हर क्षण तिम्रो सामिप्यता खोजिरने
म, मेरो तन, मेरो मन
खै आखिर के ले चलेको छ