गजल

  अतित योङहाङ

 790 पटक हेरिएको


सागर जस्तै नदी अनि नदी जस्तै खोली कहाँ हुन्छर
हिजो जस्तै आज अनि आज जस्तै भोली कहाँ हुन्छर

सुख दुMख जीन्दगीमा मेलापात र रमझमले
पूर्णीमाको मेला जस्तै फागुको होली कहाँ हुँछर

जन्मेपछि मर्छ मान्छे यो साश्वत सत्य कुरा हो
सोचेजस्तै जीन्दगीको मिठो बोली कहाँ हुन्छर

समय रोकिन्दैन, आज भाको मान्छे भोली मर्न सक्छ
विवाहमा जन्ती जस्तै मलामीको टोली कहाँ हुन्छर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार