विद्यार्थी(अनुष्टुप)

सवेर उठ्नु नानी हो, सूची र

स्नान गर्नु है

पिउनु दूध र पानी, कितब

साथ बस्नु है

आफ्नो पाठ सधै पढ्नु,अलेली

खेल्नु पर्छ है

फुर्ती कान्ति सधै बन्नु,जुम्सो

अल्छे नबन्नु है।।१

 

जे मिल्छ खुस भै खानु,काम

बाँकी नराख्नु है

सफा सुग्घर भै हिड्नु, समय

ख्याल गर्नु है कापी किताब झोलामा,बेलामा

स्कूल जानु है कुरा

विषयका गर्नु, फाल्तू बात नगर्नु है।।२

 

साथी साथी मिली बस्नु,

एकल्काँटे नबन्नु है

अनुशसन मा बस्नु,आफु

खुसी नगर्नु है

कक्षामा चंख भै बस्नु, नबुझे

प्रश्न गर्नु है

गुरु आमा र बाबाको,आज्ञा

पालन गर्नु है।।३

 

पैलो दोस्रो सधै बन्नु, ईर्श्या

द्वेष नगर्नु है

अतिरिक्त प्रतिष्पर्धाँ , विजयी

बन्नु पर्छ है

घर साथी सँगै जानु,बाटामा

खेल्नु हुन्न है

खाजा चिया पुगी खानु, लुगा

फेरनु पर्छ है।।४

 

घरको काममा साथ, सफा भै

भित्र पस्नु है

पढ्न झटपटै बस्नु, गृहकार्य

नि गर्नु है

खाना सन्तुलितै खानु, सम्चार

सुन्नु पर्छ है

पढी सकेर नानी हो, आनन्द

साथ सुत्नु है।।५

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार