…उस्ता–उस्तै….

  इश्वरी तामाङ्ग

 1961 पटक हेरिएको

इलाम र दार्जिलिङ
कत्ति उस्ता उस्तै
रहनसहन, बोलीचाली,
भाषाभेष उस्तै

जनजाति ,खसआर्य
परिवेश उस्तै
देख्ने हिमाल,टेक्ने माटो
सुगन्ध छ उस्तै
गोर्खे व्यथा लाहुरे कथा
दुःख दर्द उस्तै
विरङ्गना नारी अनि

वीर मर्द उस्तै
मेलापात घाँस,दाउरा
मर्दापर्दा उस्तै
अपवादमा झण्डा मात्र
फेरिएछ त्याहा
गुन्युचोली,दौरासुरुवाल
ढाका टोपी उस्तै
नेपालीपन गोर्खाली मन
इलामभन्दा धेरै
कत्ति माया मौलिकताको
देउसी,भैलौ उस्तै

हावापानी,भुगोल अनि
युवा जोश उस्तै
इतिहासमा ठगिएको
गुण,दोष उस्तै
इलाम र दार्जिलिङ
कत्ति उस्ता उस्तै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार