कविता

“यो योद्धा”

  इश्वरी तामाङ

 468 पटक हेरिएको


धुवामा उडाउने छैन
प्रतिबद्धताहरू,
तरल गन्धक पानीमा
घुल्नदिने छैन,
बाचाहरू
अह ! पटक्कै
बिस्वास तोड्ने छैन,
श्वास रहे सम्म
निरन्तर लड्नेछ,
शैक्षिक मुद्दाहरुमा
कसैको पछि दौडिन
जन्मेको हैन यो योद्धा,
न कसैलाई पछि
दौडाउनेछ,
यो त मुद्दामा साथ
हुनेहरुलाइ सधै
सङ्गै हिडौ भन्दछ,
सङ्गै हिड्नेहरूलाई
कुनै लोभ र लाल्सा
देखाउन्न यो योद्धा
यो त एउटा असल
मान्छे बन्न प्रेरित गर्दछ ।

२०७४ चैत्र ४ इशुतारा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार