“अरिङ्गाल”

इश्वरी तामाङ

भेडाको बथान हैनौ हामी
न! हौ, भिरबाट खस्ने गोरु
न्यायको लागि लड्ने हामी
बन्न चाहन्छौ अरिङ्गाल बरु
मृगझै, अन्याय सहन्नौ रत्ति
काग झै, जाइलाग्ने गरु
झिंगा झै, मुटु पार्दैनौ हामी
बन्न चाहान्छौ अरिङ्गाल बरु
सिंहले जस्तो लुछ्नेलाई
परेवाजस्तो शान्त पारु
पात्रदण्डित प्रवृत्ति अन्त्यगर्ने,
बन्न चाहन्छौ अरिङ्गाल बरु
भेडाको बथान हैनौ हामी
न! हौ, भिरबाट खस्ने गोरु,
न्यायको लागि लड्ने हामी
बन्न चाहान्छौ अरिङ्गाल बरु ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार