फाँसी दिए हुन्न

  प्रतिभा पौडेल

 801 पटक हेरिएको

नारीले अब त्रासको बिगबिगी मानेर बस्ने कति आफ्नो चाह विरुद्धका जटिलता धानेर बस्ने कति ।

आफ्नै आँगन मात्र भन्नु कसरी सन्त्रास कोठा घर

गिद्देदृष्टि लगाउने नियतमा के बाबु बाँकी छ र

ती पापीजनका मनोबल अझै बड्दैछ उत्तेजक थोरै दण्ड सजाय हुन्छ कि अझै उत्साह उत्प्रेरक

लाचारीपन झल्किदोछ दिनहूँ नारी सुरक्षा अघि

सच्चा न्याय दिलाउने नियतमा यो राज्य लागदैन कि ।।

आफ्नै सामु हुरुक्क भै सकसले छोरी ढलेकी छ नि

त्यो पीडा सरकार आज बुझिदे सर्लक्क आमा बनी ।

भक्कानो मुटुमा फुटी दनदनी आमा जलेको कथा

कस्ले बुझ्छ अथाह मातृदिलको कल्पान्त संवेदना ।।

मात्रै मुर्ति समान हुन्छ किनहो त्यो न्यायको कठ्घरा

के हो कारण बारबार घटना हुन्छन् बलात्कारका ।

यस्ता दानवको चरित्र धमिलो हा दैव संलो बनोस् ,

नारीमा पनि पुज्य रूप जननी ऊ देख्न सक्ने बनोस् ।।

छातीमा मुटुछैन बज्रसरिको ढुङ्गो छ पग्लन्न कि

यै हो न्याय भने बता नियति यो हेर्छस् तमासा कति ।

कालोक्रूर हरामको अब जरो मासी दिए हुन्न र

पापी हर्कतको सजाय अबता फाँसी दिए हुन्न र ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार