थियो नै परिस्थिति त्यस्तै, म के गरुँ
न त पाइन्छ भन्न,सगैँ बाचुँ सगैँ मरुँ
उता जस्तो तिमी यता उस्तै छु म पनि
पाईन्न नी लाग्दैमा तिम्रैमा बसाइँ सरुँ
आधा–आधा गाग्रीको पानी भो, पिरती
छल्किरहने बिचैमा अनि कसरी म तरुँ
जति तड्पिन्छौ तिमी त्यो गुणा म हुँला
उतायता बराबरी सहमतिमा आऊ बरु
भैगो पीर नलेऊ अब, गल्ती भो सराबरी
बुजिलिने आफ्नैले हुन्, कोहि छैनन् अरु
थियो नै परिस्थिति त्यस्तै, म के गरुँ
न त पाइन्छ भन्न,सगैँ बाचुँ सगैँ मरुँ !!!!


1578 पटक हेरिएको 









