दक्षिण कोरिया/निर्माता सुनिल कुमार थापाको निर्माण तथा नायिका झरना थापा द्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर- ३’ दक्षिण कोरियामा पनि प्रदर्शन गरिने भएको छ ।
कोरियामा रहेका इलामेलीहरुको साझा सस्था ‘इलामेली समाज दक्षिण कोरिया’को पहलमा यहि मे महिनाको २६ तारिख आइतबार राजधानी सौल स्थित(종로구민회관) Jongro Community Center मा चलचित्र प्रदर्शन गर्न लागिएको हो । अहिलेका मेघा स्टार नायक अनमोल केसि र नवनायिका सुहाना थापाको बेजोड अभिनय रहेको उक्त चलचित्रमा अर्पण थापा,सलोन बस्नेत,रविन्द्र झा,रुपा घिसिङ रक्षा गौतम लगायत कलाकारहरुको अभिनय रहेको छ । नव नायिका सुहाना थापा नायिका तथा निर्देशक झरना थापाकी छोरी हुन उनको यो डेव्यु चलचित्र हो ।
नेपाली नयाँ बर्षको अवसर पारेर चैत्र २९ गतेबाट नेपाल भर प्रदर्शनको तयारी रहेको चलचित्रमा अनमोल केसि र सुहाना थापा विचको साङ्गितिक प्रेमकथालाई देखाउन खोजिएको छ । सामाजिक कामका उदेश्यले स्थापित इलामेली समाज दक्षिण कोरियाले चलचित्र प्रदर्शन गरे बापत सङ्कलित रकम इलामस्थित गोलाखर्कमा संचालित राहसल बाल अनाथलयको नवनिर्मित भवन निर्माणका लागी सहयोग गरिने संस्थाका सचिव केदार निरौलाले जानकारी गराएका छन ।
कोरियामानै कार्यरत इलामेली समाजका उपाध्यक्ष तथा चलचित्र ‘ए मेरो हजुर-३’ का सह-निर्माता समेत रहेका रोज सेरेङका अनुसार चलचित्र कोरियाका अन्य स्थानहरुमा पनि प्रदर्शन गरिने छ । संस्थाले यस अघि पनि प्रेम राई बचाउ अभियान लगायतका थुप्रै सामाजिक काम र विभिन्न कारणले पिडित व्यक्तिहरुलाई आर्थिक सहयोगहरु गर्दै आएको छ ।


2409 पटक हेरिएको 









