आकाशको जुन लिएर आए इलामे हरि

  शंकर विस्वासी

 940 पटक हेरिएको

दक्षिण कोरिया/माया,प्रेम वा प्रेमी,प्रेमिका विचमा कहिले काहीं उपहार साटासाटको कुरा आउँछन्  अनि वाचाबन्धनका कुराहरु पनि आउँछन् । अझ प्रेम गर्नेहरुको त एउटै लक्ष्य यो हुन्छ कि हाम्रो प्रेम वैवाहिक सम्बन्धमा छिटै परिणत भै दियोस् । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न अघि थुप्रै सपनाहरु बुनिएका हुन्छन अनि थुप्रै आश्वासनहरु देखाइएका पनि हुन्छन तर ती कति पूरा हुन्छन कति हुदैनन अझ कति त असम्भव जुन कल्पना मात्रै गर्न सकिने कुरा आशा गरेका हुन्छौं र आश्वासन दिएका हुन्छौं तर पनि त्यसको मज्जा लिन पाउनु पनि चानचुने कुरा पक्कै होइन । हुनत भौतिक रुपमा हामीबाट धेरै टाढा हाम्रो आँखाले देख्न मात्रै सकिने कुरालाई कहिले काहीँ आफ्नो मायालुले टिपेर दिए वा दिन पाए हुन्थ्यो जस्तो सबैलाई लाग्छ तर त्यो केवल शब्द वा भावनामा मात्र ।

   यस्तै हरेक जोडिहरुले आफ्नो प्रेमिल यात्रामा प्राय लिने र दिने पूर्णिमाको रातमा देखिने एउटा साझा ग्रह हो “आकाशको जुन ” । जहाँ भौतिक रुपमा मानिसहरुले पाइला त टेकिसके तर टिपेर ल्याउन चाहिँ सकेनन् क्यार तर वैदेशिक रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका इलामे यूवा हरि खनालले भने शब्द मार्फत नै भए पनि आकाशको जुन हामी माझ ल्याउने कोसिस गरेका छन ।
      “आकाशको जुन” हामी सम्म ल्याउन खनाल को शब्दलाई चर्चित रियालिटी सो द भ्वाइस अफ नेपालका प्रथम विजेता सी.डी. विजय अधिकारीले स्वर दिएका छन भने अर्का इलामे गायक तथा संंगीतकार तारा प्रकाश लिम्बू ले आफ्नो संगीत मार्फत सुमधुर बानाउने कोसिस गरेका छन । आकाशको जुनमा निर्देशक उत्तम श्रेष्ठ “शिशिर” को निर्देशनमा सन्तोष बानियाँ र रश्मि श्रेष्ठको जीवन्त अभिनय देख्न सकिन्छ । ज्ञानेन्द्र हुमागाई र दिपक गिरिको सिनेम्याटोग्राफलाई अमृत चापागाईंले हेर्न लायक सम्पादन गरेका छन ।
     इलामको साविक एकतप्पामा जन्मिएर विगत लामो समय देखि दक्षिण कोरियामा रहेका खनाल इलामेली समाज दक्षिण कोरियाका संस्थापक अध्यक्ष समेत हुन भने सेवक नेपाल,एन.सि.सि. लगायत थुप्रै संघसंस्थाहरुमा आवद्ध रहेर सामाजिक काम गरिरहेका छन । कामको व्यस्तता र थकानको वावजुत पनि थोरै फुर्सदको समयमा गीत रचना गर्दै आएका खनालको यो दोस्रो सांगितिक कोसेली हो । “आकाशको जुन” सिडिएम कृयसनको अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार