यात्रा रहेछ जिन्दगीः संगीत तपस्वी राम दियालीको अनुभव

जीवन भोगाई

  किरण पौड्याल

 498 पटक हेरिएको

इलाम । कुरा २००६ सालको हो । देशमा राणा शासनको विगविगी थियो । शासक फ्याक्ने र टिकाउनेको प्रतिष्पर्धा चलिरहेको थियो । शासकहरू सत्ता टिकाउन जोडबल लगाउँदै थिए भने शासक फ्याक्न केही शक्ति भूमिगत आन्दोलनमा थिए ।

देशमा राजनीतिक आन्दोलन चलिरहदा सामाजिक विभेदपनि उस्तै रूपमा झागिएको थियो । न कानुन थियो, न लोकतान्त्रिक व्यवस्था । झट्ट हेर्दा राजनीतिक किचलो देखिएपनि सबै क्षेत्र अस्तव्यस्त ।

राजनीतिक खिचातानीपछि सबैभन्दा ठूलो विभेदको विषय थियो, जातीय भेदभाव । सीमित एक जातका व्यक्ति ९राणा शासक० को हातमा रहेको व्यवस्थामा अरूलाई हेर्ने दृष्टि कस्तो थियो होला रु अनेक विभेदपूर्ण व्यवहार थिए, त्यसबेला । समाजमा उच्चनिचको वहस चलेको थियो । विभेद एक ठाउँमा केन्द्रित थिएन, जताजतै थियो ।

समाजमै जरा गाडेको यो विभेदको असर पूर्वी पहाडको इलाममा नपर्ने कुरै भएन । शिक्षित भनिने नै विभेदमा लाग्थे भने नपढेका र कथित तल्लो जातका व्यक्ति सिकार बन्थे । यसै सेरोफेरोमा दलित समुदायका पाँच वालक आफ्ना सहपाठीसहित अध्ययनका लागि इलामको आदर्श माध्यमिक विद्यालय९हालको० पुगे । परिवारको आदेश र आफ्नो पढ्ने धोको पूरा गर्न ती वालक विद्यालय पुगेका थिए ।

सदरमुकामको एक मात्र विद्यालयमा पढ्न पाउने धोको पूरा गर्न विद्यालय प्रवेश गरेका विद्यार्थीले कक्षा पस्न भने पाएनन् । आफ्ना सहपाठी कक्षामा पढिरहेका थिए ।तर, ती बालकलाई भने भिन्न व्यवहार गरियो । न उनलाई कक्षामा बोलाइयो, न पढाउनलाई कुनै शिक्षक उनको नजिक आए ।

कक्षाकोठामा प्रवेश नपाएकोमा बालमनोविज्ञानमा कौतुहता जागिरहेको थियो । तर,कारण पत्ता लागेको थिएन । एक दिन होइन, दुई दिन होइन । हरेक दिन त्यो व्यहार दोहोरिरहयो । हिउँदको मौसममा वाहिर वस्दाको पीडा कम भएपनि बर्खामा भने कष्टकर वन्दै गयो । खरले छाएको विद्यालय चुइएर वाहिर वसेका विद्यार्थीलाई भिजाउन थाल्यो ।तर, कक्षाकोठामा प्रवेश पाइएन ।

हरेक विहान पढ्ने धोको बोकेर विद्यालय पुग्ने त्यो बालकको योजनामाथि तुसारापात गरिदै थियो । केही दिनपछि विद्यालयमा घटेका घटना परिवारमाझ सहविस्तार सुनाएपछि भने विद्यालय जान रोक लगाइयो । कथित तल्लो जातको भन्दै विद्यालय जान बञ्चित हुने मध्येका एक व्यक्ति हुन्, इलामे स्रष्टा एवं पुराना वाद्यवादक, राम दियाली ।

१९९५ सालमा इलाममै जन्मिएका दियालीको पारिवारिक आर्थिकस्थित नितान्त कमजोर थियो । पुर्खेनी पेशाबाट आएको आनासुकीले परिवार पाल्न धौधौ हुन्थ्यो । परिवारमा विद्यालय शिक्षा अनिवार्य हो भन्ने छाप राम्रै छाप परेको थियो । यसैको प्रभावले दियालीलाई विद्यालय पठाउने काम भयो । विद्यालयमा त्यो हदसम्मको हर्कत व्यहोरेपनि दियालीलाई पढाउनकालागि अनेक विकल्प सोचियो । उनका वुवाले इलाम सदरमुकामकै एक घरमा पढ्ने वातावरण मिलाए ।

घरमै कखरा सिकेका दियालीेको औपचारिक शिक्षाको ‘श्री गणेश’ भाडाकै घरमा भयो । करिब छ महिना पढेपछि देशकै राजनीतिक व्यवस्था उल्टियो । २००७ सालको क्रान्तिले राणाशासन ढल्यो, प्रजातन्त्र आयो । प्रजातन्त्र आएपछि भने दियालीको पनि नयाँ जीवन शुरु भयो । पहिले जस्तै सदरमुकामकै आदर्श माविमा पढ्न जाने वातावरण मिल्यो । अनि पढ्ने वातावरण पनि । भिज्दै विद्यालय बाहिर बस्नु पर्ने वाध्यता हट्यो ।

यसरी शुरु भयो दियालीको वाद्यवादन यात्रा

वाल मनोविज्ञानले आफूमाथि भएको विभेद नबुझेपनि उमेर बढ्दै जादा बुझ्न सक्ने भयो । यसकै असरले दियालीलाई जीवनमा केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो । उतिबेला फाट्टफुट्ट मात्र संगीतकार र गायक हुने भएकाले दियालीलाई त्यतै तानिन मन लाग्यो ।

एकदिनको कुरा हो, दियालीले कसैले बासुरी बजाइरहेको देख्नुभयो । एउटा बासको ठुट्टाबाट सुमधुर धुन निस्किरहेको देखिएपछि दियाली त्यतैतिर तानिए । नजिक पुगेर हेर्दा एउटा बाँसमा केही खाल्डा पारिएको देखे । बासुरीको आवाजले नतमस्तक दियाली घरगएर बाँसुरी बनाउन लागे । बासुरी बन्यो तर बजेन । अघि सुमधुर वजेको बासुरी र अहिले बजाएको बासुरी तुलनै नगर्ने किसिमको भयो ।

अब दियालीलाई खपिनसक्नु भएन । जसरी पनि बासुरी बजाउनु थियो तर कसरी बजाउने पत्तो थिएन । पहिले बासुरी बझेकै ठाउँमा दिनानुदिन धाउन थाले । ती व्यक्ति भेटिए पनि तर बासुरी बजाएको अवस्थामा भेटिएनन् । ती व्यक्ति थिए, तत्कालीन जिल्ला प्रशासन कार्यालयका वडाहाकिमको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी ।

एक दिनको कुरा हो । यता नाराणयस्थानबाट बजार जाने क्रममा दियालीसँग ती व्यक्तिको जम्काभेट भयो । दियालीसँग भेटमात्र भएन बोलचाल पनि भयो । यसै मेसोमा दियालीले बाँसुरी सिकाइ मागे । त्यस दिनको त्यो क्षणबाट दियाली बाँसुरी बजाउन थाले । जति बाँसुरी बज्दै गयो दियालीलाई बाँसुरीप्रतिको आशक्ति बढ्दै गयो । केही समयपछि दिदीभिनाजुसँग दियालीलाई भारतको दार्जिलिङ जान मिल्यो ।

संगीतको उर्वरभूमि दार्जिलिङमा केही समय बस्दैमा धेरै कुरा ख्याल हुँदै गयो । दियालीको लगाव देखेर चार आना भारुमा भिनाजुले बाँसुरी किनेर विदा गरे । दियालीलाई बाँसुरीमा मात्र होइन, हारमोनियमतिर पनि मन तानिन थियो । सदरमुकाममै बसेर हारमोनियम बजाउने श्यामकृष्ण श्रेष्ठकोे ज्ञान र सीपले दियालीलाई हारमुनियम बजाउन आतुर पारेको थियो । समयान्तरमा श्रेष्ठकै संगतमा दियालीले हारमोनियम पनि धेरथोक सिके । तर भइ दियो के भने बाँसुरी बजाउन भने छाड्नु पर्ने भयो ।

बाँसुरी बजाउँदा दात झर्ने, छात्ती दुख्ने समस्या हुने भन्दै एक नवपरिचितले बताएपछि छाड्नु पर्ने बाध्यता आइलाग्यो । ‘त्यसपछि खासै बाँसुरी बजाइन ।’ दियालीले भने,‘एकातिर डर भयो भने अर्कातिर नयाँ वाद्यवादन बजाउन सिकेकाले बजाउन पाइन ।’

दियालीले बाँसुरी छाडे तर हारमोनियम बजाउन थाले । सिक्ने ठाउँ पनि गज्जबकै थियो । अहिलेको इलाम बजारको एक घरमा पुरानो किसिमको हारमोनियम थियो । त्यो हारमोनियम बजाउन पाउने सुरमा उनी रातसाँझ त्यहाँ झुल्कन्थे । घरका दुईभाइले बजाएपनि दियालीको पालो आउँथ्यो । तर, जम्मा १५ मिनेटका लागि ।

यत्तिमै पनि बजाउन पाएको खुसी मान्दै दियाली फर्किन्थे । जति उमेर बढ्दै गयो । वाद्यवादन प्रति अगाभ गहिरिदै गयो । कहिले तवला, कहिले भाइलन त कहिले म्यानडोलियम बजाउदैमा दिन वित्न थाल्यो । वाद्यवादनमा रमेर रहर पूरा भयो तर आर्थिकपाटो सप्रिएन । अर्थोजनका लागि आफ्नो पुरानो काम नै निरन्तरता दिइरहे ।

बाद्यवादनमा जिते, गायकीमा हारे

बाँसुरीबाट सांगीतिक खुट्किला उक्लिएका दियालीले अनेक वाद्यवादन समाउन पाए । समाएर आफ्नो मन र स्रोतको मनोविज्ञानअनुसारको धुन निकाल्ने भए । तर, गायकी भने सुध्रिएन । वाद्यवादकसँगै असल गायक वन्ने दियालीको धोको कहिल्यै पूरा भएन । ‘१२ – १५ कै उमेरमा सिकेको भए हुने थियो । ठूलो उमेरमा सिक्दा गाउन सकिन । मैले एककिसिमले गायकीमा हारे ।’ स्वर बनाउनका लागि दियालीले अनेक प्रयत्न गरे । गायक अमर गुरुङ, जितेन्द्र वर्देवालगायतलाई गुनासो पोखे । तर, भएन । अहिले पनि दियाली प्रयत्नरत छन् तर मिल्दैन । वाद्यवादन क्षेत्रमा भने दियालीको नाम अग्रपंक्तिमा आउँछ । उनकै कारण उनका भाइ र छोरा समेत अहिले संगीत क्षेत्रमा छन् । ‘वुवाकै कारणले अहिले संगीतमा छु । वुवाको पूरा नभएको धोको पनि पूरा गर्ने योजनामा लागेको छु ।’ जेठा छोरा सुमनले भने,‘म मात्र होइन भाइसहित हाम्रो परिवार पनि यसैमा छ । पहिले जस्तो असहज छैन । केहीगर्न सकिन्छ कि रु’

दियालीले वाद्यवादक भएर अनेक दुःख पनि पाए । बाजा बजाउन अनेक ठाउँ पुग्नु पर्ने तर पैसा नहुने समस्या समेत भोगे । रातदिन खट्दा घरपरिवारको आर्थिकस्थिति डामाडोल भएको पनि थियो । हुन त सहपाठीले उनलाई दार्जिलिङतिरै गएर संगीत सिक्न अनुरोध गरेका थिए ।तर, घरको स्थितिले इलाम छाड्न सकेनन् । अहिले दियाली आफूलाई समयभन्दा पहिले आफ्नो जन्म भएको भन्दै चित्त बुझाउँछन् । सरल स्वभावका दियालीले पदीय लोभ र अर्थोपार्जनको लालचभन्दा माथि उठेर बाद्यवादनलाई समय दिए तर उनले केही पाएनन् ।

फेरि यस्तो कहिल्यै नहोस्

वचपनमा विभेद खेपेका दियालीलाई समयान्तरमा पनि विविध विभेद आए । वालकमा जस्तो सिधै नभने पनि बंग्याएर दियालीमाथि विभेदका स्वर खन्याए । वाद्यवादक भएपनि दलित भएकाले अनेक जिम्मेवारीबाट हट्नु परेको दियाली सुनाउँछन् । कुनै संस्थाको अध्यक्ष भएको भन्दै अस्वीकार गरे भने कहिले आफू उच्च पदमा हुँदा संस्था विघटन गरेको भन्दै विवादमा तनाए । कहिले भ्रष्टचार गरे आरोप लगाए भने कहिले संस्थाबाटै निकालियो ।

दियाली भन्छन्,‘मेरो यो धर्तीमा जन्म भएपनि दलितको कोखबाट चाहिँ नहोस् ।’ दलितले के खप्नु परेन र । कुनै बेला ‘देवकोटा प्रतिष्ठान’का अध्यक्ष थिए दियाली । राजाका कार्यक्रममा प्रोत्साहन गरेको आरोप लागेपछि सबै वाद्यवादनबाटै दियालीले हात धुनु प¥यो । ‘राजाको राज्यभिषेक गर्ने बेला भयो गर्नुपर्ने भयो भनेर सिडिओ साहेवले भन्नुभयो, मैले सक्दिन भन्दाभन्दै बाजा नभए हामी मिलाइदिन्छौ भन्नुभयो र कार्यक्रम राखियो ।’ दियाली भन्छन्,‘त्यसपछि फेरि अर्को संस्था जन्मियो देवकोटा कलाकुञ्ज, हामी खुसीले रमायौ तर मलाई ९राम दियालीलाई० कार्यक्रममा प्रोत्साहन नगरेको पाए । अनि वाद्यवादनप्रति वितृष्णा पाए ।’ अनेक समयमा विभेद सहनु परेको दियाली सुनाउँछन् ।

‘सम्मानित हुँदा गर्व लाग्छ’

दियालीलाई अहिले ‘तपाईंको पहिलो पारिश्रमिक कति थियो’ भन्ने प्रश्न ग¥यो भने मुख खोल्नै लजाउँछन् । उनले कहिल्यै आफ्नो श्रमको परिश्रम खोजेनन् र स्वाद चाखेनन् । उनलाई यो बारेमा याद पनि भएन ।तर, इलाम प्रगतिशिल साहित्य समाज काठमाडौंले २०६३ सालमा गरेको सम्मान चाहिँ उनको सबैभन्दा प्यारो छ । यो सम्मान दियालीका लागि सम्मान मात्र होइन, पारिश्रमिक समेत हो ।

उनको पहिलो पारिश्रमिक नै यो बाट आएको एक हजार हो । उनले त्यसपछि भने अन्य संस्थाबाट पनि सम्मानित भए । सनलाइट संगीत विद्यालय तथा रेकर्डिङ स्टुडियो विर्तामोड, फूलपाती कार्यक्रम आयोजक समिति बरबोटे, माउन्ट मेरिया वेन्ड देउरालीलगायतबाट समेत सम्मानित भए । यस्तै, २०५५ सालमा नारायण गोपाल स्मृति पुरस्कार, इलाम नगर ९२०५५०बाट अभिनन्दित भए । यसैबीचमा दियालीले ‘व्यथा र अनुभूतिहरू’ नामक पुस्तक निकालेका छन् । गीतिकविता संगालोमा दियालीको भोगाइ र गीत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार