दुई वर्षमा शान्ति प्रक्रिया टुङ्गिन्छ – नेता नेम्बाङ

विश्व इलामेली सम्मेलन

  सरलपाटी सम्वाददाता

 973 पटक हेरिएको


इलाम।संविधानसभाका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले अबको दुई वर्षमा शान्ति प्रक्रिया टुङ्गिने बताएका छन् ।
विश्व इलामेली भर्चुअल भेलालाई शनिबार साँझ सम्बोधन गर्दै नेता नेम्बाङले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी कानुनलाई संशोधन गरेर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने बताएका हुन् । उनले भने, ‘हामीले संविधान जारी भएपछिको यो पाँच वर्षमा सबै कानुनहरुलाई संविधानसँग जाेडेका छाै, ‌धेरै काम गरेका छौं, शान्ति प्रक्रियालाई पनि टुङ्गोमा पुर्याउँछौं ।’
जनताका लागि जनताले बनाएको संविधान जारी गरिएकाले परिवर्तनका लागि फेरि आन्दोलनको आवश्यकता नभएको पनि नेता नेम्बाङले बताए । ‘जनतालाई अधिकार सम्पन्न बनाएका छौं ।’ उनले भने, ‘जनताको मन जित्न सके सबैं खालका परिवर्तन संभव छ ।’ उनले यहिँ संविधानलाई टेकेर जनतालाई समृद्ध बनाउनु पर्ने पनि बताए । ‘केही कमीकमजोरी छन् भने त्यसलाई सच्याएर अघि बढ्नु पर्छ र जनतालाई समृद्ध बनाउनु पर्छ ।’
नेता नेम्बाङले विश्व इलामेली सम्मेलनले संसारभर छरिएर रहेका इलामेहरुको ज्ञान, सीप र अनुभवलाई एकत्रित बनाएर इलाम र देशको विकासमा लगाउनु पर्ने पनि बताए । सम्मेलनबाट इलामसँगै देशको विकास निर्माणमा काम गर्न सक्ने संस्था निर्माण गर्न पनि सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार