दक्षिण काेरियामा नेपाली युवाकाे मृत्यू

  शंकर विस्वासी

 1667 पटक हेरिएको

दक्षिण कोरिया।दक्षिण कोरियाको राजधानी सौलबाट करिब ७८ किलोमिटर टाढा यजुस्थित एक सिसा कम्पनीमा कार्यरत नेपालीको मृत्यु भएको छ ।

रोजगार अनुमती प्रणाली ईपिएस मार्फत रोजगारीको सिलसिलामा करिब ५ बर्ष अघि कोरिया आएका सुर्खेत चौकुने गाउपालिका वडा नम्बर – ४ का गगन रावलको मृत्यु भएको हो ।

रावलको गए राती करिब २ बजे हृदयघातका कारण मृत्यु भएको सुर्खेत समाज दक्षिण कोरियाका पूर्व कार्यवाहक अध्यक्ष पुष्कर बुढाथोकीले जानकारी गराएका छ्न। बुडाथोकिका अनुसार उनी अबको १० दिनपछी आफ्नो पहिलो कार्यकाल सकेर घर फर्किने तयारीमा थिए । सहकर्मीहरुका अनुसार मृतक रावल सुतिरहेको अवस्थामा अचानक ठूलो आवाज निकालेर चिच्याए पछि नजिकका केहि साथीहरुले थाहाँ पाएर राती नै अस्पताल पुर्याएका थिए तर अस्पताल पुग्नासाथ अस्पतालले रावलको मृत्यु भएको घोषणा गरेको बुढाथोकीले बताएका छन् । पारिवारिक स्रोतका अनुसार २७ बर्षीय मृतक रावल अविवाहित रहेका थिए ।

रावलको मृत्यु भएको खबर सुन्नासाथ सुर्खेत समाजका अध्यक्ष बखत थापा लगायतको टोलि आवस्यक जानकारी र प्रक्रियाका लागी अस्पताल पुगेका छन । मृतकको शव यजुस्थित स्थानीय एक अस्पतालमा पोस्टमार्टमका लागि रखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार