दक्षिण कोरिया । याद गर्नु भएको छ ? कसै –कसैको अघि तपाईं हासेको बेला वा तपाइको अघि कोहि मुसुक्क हासीदिदा गालामा एक प्रकारको आकर्षक खोपिल्टो पर्छ नि त्यसलाई के भनिन्छ प्रतिउत्तर सजिलै पाइन्छ ‘डिम्पल’ ।
विषेश गरेर युवाहरुको पहिलो नजर पर्ने वा युवतीहरुप्रती आकर्षित हुन वाध्य बनाउने बाहिरी सुन्दरता मध्य डिम्पल पनि एउटा कडि हो भन्दा अतियुक्ती नहोला । तर यो सौभाग्य अपवादका रुपमा संसारमा एकाध युवतिहरुलाई मात्र मिलेको हुन सक्छ किनकी डिम्पल हामीले चाहेर बनाउन सकिने कुरा होइन यो त शारीरिक बनावट अनुसार जन्मजात लिएर आउने कुरा हो ।
केहि तेस्ता युवती मध्ये एक सौभाग्यशाली युवती हुन् निर्मला यानिकी नानू सुहाङ उनको गालामा हाँस्दा पनि डिम्पल पर्न थालेको छ आजकल । अरुको हकमा लागू होला नहोला थाहा छैन, तर सुहाङको गालामा भने रहरै रहरमा डिम्पल बनेको छ । अझ भन्नू पर्दा बनाइएको छ, र यो डिम्पल बनाउनको लागि उनले सुरुवात गरिन अन्तत सबैको साथ र सहयोगले राम्रो डिम्पल बनेरै छाड्यो । निर्मलाले चाहिन गीतकार रोवर्ड राइले कल्पना गरे र उनको ‘डिम्पल’ लाई सुहाउदो बयानका शब्दहरु उतारेरै छाडे ।
संगीतकार सुनिल राईले निर्मलाको डिम्पललाई आफ्नो सुरतालमा ढाल्ने कोसिस गरे भने नेपाल आइडल सिजन–२ का विजेता रवि ओड र अहिलेकी लोकप्रिय गायिका मेलिना राईले सुमधुर स्वरका साथ हामी सबैलाई सुनाउन पछि परेनन् । निर्मलाको डिम्पल यतिमै कहाँ सिमित रह्यो र ? निर्देशक निकेष खड्काले त झन आजकल निकै चर्चामा रहेका धेरैले मन पराएका मोडल पूष्प खड्का, आकास श्रेष्ठ र उदयीमान प्रतिभा भएकी डिम्पल योङ्हाङ मार्फत निर्मलाको ‘डिम्पल’ अझ आकर्षक तरिकाले भिडियोमा नै देखाई दिएका छन् ।
इलामको चुलाचुलीस्थित पेल्टिमारीमा जन्मिएर हाल दक्षिण कोरियामा रहेकी निर्मला सुहाङले गत सोमबार आफ्नो गालामा पर्ने डिम्पलको अडियो तथा भिडियो ओ एस आर डिजिटल युटुब च्यानल मार्फत सार्वजानिक गरेकी छिन् ।प्रवासमा रहेर पनि खाली समयलाई भरपुर सदुपयोग गर्दै नेपाली गीत संगीतप्रति देखाउनु भएको माया र सिर्जनात्मक यी हातहरुलाई सफलताको शुभकामना सबै प्रवासी नेपालीहरुले दिएका छन् ।