ओबामा दम्पतीले तेन्जिङ शेर्पाबारेमा चलचित्र बनाउने

तेन्जिङ शेर्पा

  सरलपाटी सम्वाददाता

 390 पटक हेरिएको

काठमाण्डौ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउने भएका छन् ।

ओबामा दम्पतीको कम्पनी हायर ग्राउण्ड प्रोडक्सन्सले नेटफ्लिक्सका लागि चलचित्र बनाउन लागेको नेटफ्लिक्सले जनाएको छ । तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ मा पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

चलचित्र एड डग्लसले सन् २००३ मा लेखेको पुस्तक ‘तेन्जिङः हिरो अफ एभरेस्ट’ को आधारमा बनाइने हायर ग्राउण्ड प्रोडक्सन्सले जनाएको छ ।

सोलुखुम्बुको थामे गाउँमा जन्मिएका तेन्जिङले ३९ वर्षको उमेरमा सगरमाथाको आरोहण गरेकी थिइन् । चलचित्र रिलिजको मिति तोकिएको छैन । तर केही वर्षमै चलचित्र रिलिज हुने नेटफ्लिक्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार