दक्षिण कोरियामा मनाइयाे चासोक तङ्नाम

  शंंकर विस्वासी

 899 पटक हेरिएको

दक्षिण कोरियामा रहेका लिम्बू समुदायहरुको साझा संस्था किराँत याक्थुङ चुम्लुङले चासोक तङ्नाम उधौली पर्व विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
नेपालमा नजिकिदै गरेको उधौली पर्व चासोक तङ्नामको अवसर पारेर कोरियाको सार्वजनिक बिदाको दिन आइतबार राजधानी सौलस्थित सङ्बुक सुछङ हलमा कार्यक्रम आयोजना गरिएको हो ।
आदिवासी लिम्बू जातिहरुले उत्पादित धान लगायतका नयाँ अन्नबालीहरुलाई माङलाई चढाएर अर्थात न्वागी गरेपछी मात्र खाने प्रचलन छ । यहीं सांस्कृतिक परम्परा लाई जोगाई राख्न नेपाललगायत विभिन्न देशमा छरिएर रहेका लिम्बू समुदायका संघसंस्थाहरुले हरेक वर्ष कार्यक्रमको आयोजना गर्ने गरेका छन ।
कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधी लगायत नेपालीहरुको भव्य उपस्थिति रहेको चासोक तङनाममा नेपालबाट आमन्त्रित कलाकारहरु गङ्गा फियाक,एकदेव लिम्बू,तिर्सना नेम्बाङ र इन्द्र सुशिल लिम्बूले आफ्नो सांगीतिक प्रस्तुतिले भरपूर मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरुले च्याब्रुङ नाच र सामुहिक धाननाच प्रस्तुत गरे । कार्यक्रम स्थलमा लिम्बूजातिहरुले परम्परागत रुपमा खादै आएको खानेकुराहरु समेतको व्यवस्था गरिएको थियो । सोहि कार्यक्रम को अवसर पारेर कोरिया आएका कलाकारहरुलाई इलाम सूर्योदय सेवा समाज दक्षिण कोरियाले सम्मान गरेको छ । इलामे कलाकारहरु गङ्गा माया फियाक र एकदेव लिम्बूलाई समाजका अध्यक्ष मन्जु लावतीले सम्मान पत्र सहित खदा ओढाएर सम्मान गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार