गत साता बिहान नौ बजेतिर म त्यहाँ पुग्दा मेरो गाउँको एउटा पसलमा सौदा गर्न आएका केही गाउँले बसेर गफिँदै थिए । मलाई देखेर एक दाइले सोधे, ‘बाइक कहाँ राख्नु भयो ?’
मैले आप्mना गोडातर्पm संकेत गर्दै भनें, ‘यहीँ ल्याएको छु त ।’
त्यहाँ रहेका युवाहरु हाँसे । त्यो देखेर बूढा मान्छे अल्मलिएजस्ता भए । मैले भनें, ‘सधैं बाइक चड्न कहाँ पुग्छ र दाजु । अलिअलि त हिँड्नु पनि त पर्छ नि !’
‘हैन, काका त जोड हिँड्नु हुन्छ । त्यसैले त भुँडी पनि लागेको छैन नि ।’ एउटा युवकले थप्यो ।
हिजो आज गाउँ गाउँमा मोटर साइकल छ्याप्छ्याप्ति छन् । गाउँका कच्ची सडकमा पनि नियमितरुपमा गाडी चल्छन् । त्यसैले गर्दा पैदल यात्रा गाउँतिर समेत अनौठो जस्तो हुन थालेको छ । म आप्mनो गाउँ जाँदा हिँडेरै जान्छु । त्यता चल्ने गाडी बिहान सदरमुकाम आएर बेलुकीपख पर्कने गर्छ । यताबाट बिहान जाने गाडी मिल्दैन । हिँडेर जाँदा इष्टमित्र, खासगरी पाका मानिसहरुसँग भेट हुन्छ, भलाकुसारी हुन्छ । यसको आनन्द बेग्लै हुनेगर्दछ ।
हामी कुरा गर्दैगर्दा उँभोतिरबाट दुई बाइक हुइँकिँदै आएर उँधोतिर लागे । तिनले उडाएको सडकको धुलोको मुस्लो हामीलाई छोपौंला भैmँ गर्दै हामीतिर आयो । त्यो धुलोलाई हातले हम्केर पन्साउँदै तिनै दाइले भने, ‘बाटो बनाउने पैसा कति आयो आयो तर बाटोको हालत यस्तो छ– हिउँदमा धुलो, बर्षामा हिलो । बाटोको पैसा बाटोमा भन्दा पनि बाटो खन्नेका पेटतिर जान्छ, के गर्नु र !’ बूढा मान्छेले गुनासो पोखे ।
केही सम्झे भैmँ तिनै दाइले प्रश्न गरे, ‘साँची भाइ, तपाइँ त कति बर्ष पो जेल बस्यौ ?’
‘यस्तै चार पाँच बर्ष बसियो होला हौ, दाजु ।’ मैले उत्तर दिएँ ।
उनले फेरि थपे, ‘जेल बस्नेहरु सबै मन्त्री भए, हाम्रो भाइ मात्रै के भएर भएन ?’
मैले भनें, ‘मन्त्री त नभएकै राम्रो होइन र, दाजु ? अहिले म मन्त्री भएको भए यसरी भलाकुसारी कहाँ हुन्थ्यो र । तपाईंहरु देख्नासाथ गालि गर्न थालि हाल्नुहुनथ्यो नि !’ मैले ठट्टेउलो पारामा भनें ।
‘कुरो त ठीकै ग¥यौ, चोर्नुभन्दा त दुःख पाएकै राम्रो ।’ उनले आप्mनो भावना पोखे ।
‘हैन, यो १८ करोडको गाडी चाहिँ कस्तो हुन्छ हौ, दाजु ?’ मलेशिया दुई तीन बर्ष बसेर यसपालिको दशैंमा घर आएको एउटा युवकले मतिर प्रश्न फाल्यो ।
‘हौ, म के जान्नु र । मभन्दा धेरै तिमीहरुले देखे जानेका छौ । हामीले देखेका त यस्तै पुराना जीप र नेता चढेर आएका पाडो पजेरो त हो नि ।’
‘धर्म काकासँग कुरामा कहाँ सकिन्छ र ?’ भन्दै एउटा युवक आपैm मजाले हाँस्यो ।
राष्ट्रपतिका लागि १८ करोडको गाडी आउने भन्ने सामाजिक सञ्जालको हल्ला गाउँमा नपुग्ने कुरै भएन । त्यसका बारेमा टिकाटिप्पणी भयो । त्यो गर्दा बोल्नेको स्वरमा आक्रोश र घृणा समेत मिसिएको सुनिन्थ्यो । अघिकै दाइले थपे, ‘खोइ, बहुदल आएपछि त सबै थोक राम्रो हुन्छ भनेर हामीलाई सुनाउने यही धर्म भाइ हो । उसैले जानोस् के भएको ।’
भलाकुसारीबाट शुरु भएको गफ राजनीतिक बिषयमा प्रवेश गर्न बेर लागेन । उपस्थित एक युवकले राजनीतिक छेड हान्न थालेपछि मैले भनें, ‘दोष कुनै पार्टी वा नेतालाई मात्रै दिएर हुँदैन । हामीले आपूmलाई पनि हेर्ने गरौं । अहिले कुनै पार्टी वा नेतालाई गालि गर्छौं तर भोलि भोट आउनासाथ आ–आप्mना पार्टीका झण्डा बोकेर तिनै नेतालाई जिताउन मरिमेट्छौं । यो बानि छाडेर असल मान्छे रोज्ने र उसको खबरदारी गर्ने काममा हामी नलागुञ्जेल पारा यस्तै हो ।’
केही बर्षयता मेरो गाउँमा आएको परिवर्तन एक प्रकारले आश्चर्यजनक लाग्छ । सबैजसो बालबालिका विद्यालय गइरहेका देखिन्छन् । दुई चार दशकअघि फाटेको टोपी लगाउने गरेका मानिसका अहिलेका नातानातिनाको पोशाक हेर्दा कुनै शहरियाको भन्दा कम छैन । वैदेशिक रोजगारमा भएकाहरुमध्ये अधिकांशले आप्mना छोराछोरीलाई ‘बोर्डिङ’ पढाउन सदरमुकामतिर राखेका छन् । कोही झापा झरेका छन्, कोही राजधानीतिर समेत पसेका छन् ।
सूचना प्रविधि गाउँ गाउँमा पुगेको छ । दश पन्ध्र हजारको हाते फोन नबोक्ने युवा युवती बिरलै होलान् । एउटा भाइले आप्mनो गाउँकै नाम जोडर ‘निन्दाखु डट कम’ भन्ने वेभसाइट खोलेको छु भन्दै अनलाइन पेपर चलाउनेबारेको प्रक्रिया मलाई सोध्दै थियो । मलाई सबै कुरा जानकारी थिएन, बुझेर खबर गरौंला भनिदिएँ ।
गाउँबाट बेंसीतिर झर्दैगर्दा बाटोमा दुई युवा एउटा रुख ढालेर गिँड्दै थिए स्वचालित हाते आराले । घर बनाउन काट काट्दै रहेछन् उनीहरु । प्रविधिले मानिसले गर्ने कामलाई कति सहज बनाइरहेको छ । अलिक मास्तिर भर्खरै एउटा घडेरी खारिएको रहेछ । त्यो काम पनि मेसिनले नै गरेको । पल्लो गाउँमा हाते ट्याक्टरले खेतबारी जोत्छन् भनेर पनि एउटाले सुनायो । दुई बर्षजसो अघि मैले अब त्यसो गर्नु पर्छ भन्दा तिनै युवाहरु अपत्यारिलो पाराले हाँसेका थिए ।
म आप्mनो खेतबारी घुम्दै थिएँ, एउटा युवक आएर मसँग एभोकाडो खेतिका बारे सोध्न थाल्यो । उसले पच्चीस बोट जति लगाएको छ रे पोहोर साल । मैले तीन चार बर्ष अघि त्यसैको बिरुवा लगेर रोपेको उसले देखेको थियो । यसपालि एउटा बोटमा फल लाग्यो । एउटा भाइले रोपेको रुद्राक्षमा गत सालबाट फल लाग्न थालेछ । एउटै बोटको फल पचास हजारमा विक्री भयो भन्दै थियो ।
मैले २०३८–३९ सालतिर बारीमा घाँसका बिरुवा रोप्दा ‘यसले बारीमा सेप पारेर बिगार्ने प¥यो’ भन्दै मेरा बाले गाउँकै बीचमा सडिएर रहेको एउटा पाखो किनिदिनु भएको थियो । २७ रोपनीको त्यो पाखोलाई त्यस बेला १२ सय रुपियाँमा किनेको थियो । अहिले त्यसमा रुखहरु बढिरहेका छन् । त्यसलाई देखाएर मेरो दूरदृष्टिको चर्चा गर्छन् रे युवाहरु ।
मेरो गाउँमा २०३९ सालतिर मैले पहिलो पटक व्यावसायिक रुपमा अदुवा खेति शुरु गरेको थिएँ । अरुलाई पनि त्यसो गरौं भन्दा खास कसैले सुनेका थिएनन् । अहिले अदुवा प्रमुख नगदे बालि भएको छ । मानिसले मकैबारी मासेर अम्लिसो लगाएका छन् । छिमेकी एक भतिजले यसपालि व्यावसायिकरुपमा अकबरे खेति गरेछ तर रोग लागेर अपेक्षित फाइदा लिन सकेनछ । अर्को एउटाले कुटानी पिसानी मिल चलाएको छ ।
मेरै छिमेकमा एउटा दुधको डेरी खोलिएको छ । घोडामा बोकाएर गाउँको दुध संकलन गर्दा रहेछन् । परम्परागत खेतिले काम काटेन भनेर व्यावसायिक खेतितिर लाग्दैछन् युवाहरु । निकै त वैदेशिक रोजगारीमा छन्, उता नगएकामा पनि अर्थोकै केही गरौं भन्ने औडाहा देखिन्छ ।
सबभन्दा दुःख लाग्ने कुरा के भने राजनीतिका प्रति युवाहरुमा नैराश्य बढ्दै गएको पाइन्छ । दुई युवाहरुको कुरा सुनेर म चकित भएँ । तिनले क्रोएशियाकी राष्ट्रपति कोलिन्दा ग्राबरले मुलुकको आर्थिक सुधारका लागि गरेका कामको कुरा निकाले । मेगी डोयनेले नेपालमा आएर अनाथका लागि गरेको कामको भिडियो क्लिप देखाए । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरेको कामको चर्चा गरे । अमिताभ बच्चनले ग्रामिण किसानको बैंकको ऋण तिरिदिएको कुरा सुनाए ।
कति कुरा त मलाई पनि उस्तो जानकारीमा थिएन । यी कुराकानीका आखिरमा तिनले नेपाली राजनीति र हाम्रा नेताका रँगढँगका कुरा कोट्याएर ‘के भएको यस्तो ?’ भनेर मसमक्ष जिज्ञासा समेत राखे । तिनको चेतनाको स्तर देख्दा म हर्षले गद्गद् भएँ ।
बेलुकीपख यता सदरमुकामतिर फिर्दै गर्दा मनमा कुरा खेल्दै थिए– साँच्चै कहिले सुध्रिएला हाम्रो राजनीति, कहिले सप्रेलान् हाम्रा नेता ? तर म विश्वस्त छु सड्डु नेतालाई काँधमा बोकेर हिँड्ने ती उर्जावान युवाले तिनलाई चुनौति नदिएसम्म ती सुध्रने छैनन् । त्यसैले आजको आवश्यक्ता भनेको युवामा स्वतन्त्र चेत पलाउनु हो । राजनीतिको दासताको सँस्कारबाट मुक्त भएर स्वतन्त्र चिन्तन युवाहरुमा नपलाएसम्म हाम्रो राजनीति सुध्रिँदैन । राजनीति सुध्रिदिए समाज रुपान्तरणको आयाम पनि विस्तारित हुनेथियो ।


1007 पटक हेरिएको 








