बलात्कारका घटना र हाम्रो ध्यान

  मनीषा अधिकारी

 1584 पटक हेरिएको

इलाममा चारबर्षमा नब्बे बलात्कारका)घटना
इलाम पोल्टमै केहीदिन यता समाचार हो बलात्कारका घटनासम्बन्धी समाचारले मलाई त्रसित गरायो । चार बर्षमा हामी इलामेलीहरूले कहिल्यै यता सोच्यै कि चार बर्षमा इलाममा बलात्कारका ९० वटा घटना भएभने नेपालमा कति भए होला ? नबिर्सौ यहाँहरूको पनि घरमा छोरी जन्मिएकी छन् र बुद्ध आमा घरमा एक्लै हुनुन्छ । यहाँहरूलाई त कहिल्यै यतातिर फुर्सद नै भएन समाजमा के–कस्ता घटना भइरहेका छन्, महिला र बालबालिका हिंसा र शोषणमा परेका छन ÷छैनन् । हामी इलामेलीहरू धेरै व्यस्त छौ, समाजका कुरा गर्छौ तर समाजमा के भइरहेको छ ? भएका तीता घटनाहरूलाई कसरी सुल्झाउने, पीडितलाई न्याय कसरी दिने र पिडकलाई घटनाका आधारमा कानुनको कठधरामा कसरी उभ्याउने? फुर्सद छैन यहाँहरुलाई यस्ता कुरामा यहाँहरू त यस्ता कुराहरू सुन्नु भयो भने पनि वाक्क–दिक्क मान्नु हुन्छ र सहजै भन्नु हुन्छ ‘ए मिलाइदे, मिलिहाल्छ’ भनेर ।
बोल्नु पर्ने ठाँउमा नबोलेपछि, टेक्नु पर्ने ठाउँमा खुट्टा नटेकेपछि अरूबेला ट्याउट्याउ, म्याउम्याउ गर्नुको कुनै तुक हुँदैन । जुन देशमा नारीलाई पुजिन्छ, जुन देशको सम्मानीय राष्ट्रपति स्वयम् महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई कानुन कार्यान्वयन निकायहरूले पनि सामान्य लिएको देख्दा हामी अझै सीताले अग्निपरीक्षा दिएको युगमा छौ कि भन्ने महसुस हुन्छ । यहाँ बालिकाहरूलाई बलात्कारपछि हत्या हर्दा,भोग लगाउदा हामी मात्रै कठैवरा भएका छौ । खुब विरता र न्यायको कुरा गर्छौं । खै कुन युद्ध कहाँ लडेका हौ ? खै कुन बलात्कारको घटनामा मनको बोली निकालेर बोलेका छौ ? अध्याँरोमा, एकान्तमा म आफै तिमीबाट असुरक्षित छु । अनि गर्छौ समाजको कुरा, समाज बदल्ने कुरा ।

इलाम एक सुन्दर नगरी भनेर चिनिएको सहर सफा र पर्यटकीय सहर हो ! हरियाली हेर्न धेरै पर्यटक आउछन् हगि ! तर, हरियो कार्पेटले ढप्पकै ढाकेको सुन्दर शान्त सहरभित्रको अनि गाउँगाउँको पीडा, शोषण दमनको कुरा, मौलाउँदै गएको बलात्कारका घटना, हत्या अनि नेपाल टप आत्महत्या ! कसले बोलिदिने ?कसले बुझिदिने? इलाम त्यति ठूलो सहर होइन सानो सहर स–साना गाउँबस्तीहरू तर स–साना गाउँबस्तीभित्र दिनदिनै भइरहेको कहालीलाग्दो घटनाहरू । बलात्कारमा परेका धेरै महिला, बालिकाहरु रोहिरहेका छ्न आफ्ना गरिब आमाबुबाको सामाजिक प्रतिस्ठा सम्झिएर। केही दिन अघिको एक समाचार पढने फुर्सद भयो भएन ?हामी धेरै व्यस्त छौ यस्ता समाचारहरु पढेर समय बर्बाद गर्दैनौं हगि ! दिनदिनै नेपालभरी घटेका बलात्कारका घटनाहरु बाट त्यसै मन त्रसित हुन्थ्यो । केहीदिन अघिको इलामकै घटनाको समाचार पढेबाट म आफू महिला भएर डर पैदा भएकै छ तर डरले सीमा नाघेर भोलिको दिनमा छोरी जन्मिएला कि भन्ने डर लाग्न थालेको छ । मलाइ छोरा जन्माउनपनि डर लाग्न थालेको छ ।

हाम्रो देश र यहाँको कानुनले केही गर्दैन भन्ने मनस्थितिमा हुर्किन्छ कि भनेर । यस्तै डरका कारण जिन्दगी भर आफ्नो कुम खुम्च्याएर, हाँसो लुकाएर अनि प्रत्येक पाइलामा आफूलाई जोगाएर हिँड्न बाध्य छौ हामी । यो समाचार पढेपछि मैले धेरैलाई हेरे, विचारे, महसुस गरे समाजका र न्यायका कुरा गर्ने बडाहजुरहरुको फेसबुक वाल चेक गरे दिनहुुँ २० थरिका समाचार सेयर गर्नु भएको छ, दैनिक सक्रिय भएर फूलमालाले सजिएका, अविरले पोतिएका उ बेलाको राजकुमारजस्तै फोटोहरू राख्नु भएको छ तर भेटिन मैले त्यो सामाचार अनि त्यसमा गर्नु पर्ने खै र दुख व्यक्त ।ती अवोध बालिकाको कल्पना मात्रै गर्दा छाती पोलेर आउँछ ।

दिनहुँ स–साना नानीहरुलाई, वृद्धआमाहरूलाई बलात्कार गर्ने भक्षसहरू त यहाँ खुलेआम हिँडेका छन् या त ढाकछोप, सामान्य जरिवाना र गन्न सकिने दिन जेलजीवन बिताएर हिँडेका छन् । ‘ए पुरुष हामी नारी हौ नबिर्स,हाम्रो कोख तिम्रो पहिलो घर हो ।’ थाहा छ, सबै पुरुष खराब हँुदैनन् । सबै स्त्री असल पनि हँुदैनन् । महिला बालबालिकामाथि शोषण, अत्याचार गर्ने कुरामा पुरुष एकल इकाई पक्कै होइन । धर्म, संस्कृति, सामाजिक, आर्थिक, राजनीति व्यवस्थाका अन्य बिषयलाई यथास्थितिमा राखेर पुरुषमाथि एकल प्रहार न्यायोचित हुँदैन । तर पीडित जो छ उसले समयमा उचित न्याय पाउनु पर्छ, पीडकलाई हदैसम्मको कारबाही गरी कानुनको कठघरामा उभ्याउनु पर्छ । बलात्कार आफैमा जघन्य अपराध हो । अन्यायमा परेकाले न्याय पाउन यहि प्राथमिकताको लागि समाज अनि कानुन बनेका हैन्न र?
यो नभुलौ हामी मानिस जनावर भन्दा यहि कारणले मात्र फरक छौ हामी न्यायका लागि लडन बोल्न सक्छौ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार