इलाम । दिपावली तथा छठको अवसरमा इलामको जीतपुरमा खुला पुरुष नकआउट गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ । आउँदो कात्तिक १९ गते देखि हुने प्रतियोगिताको नेपाल तरुण दल जीतपुरको आयोजनामा जीतपुर माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्टूका लागि खेलकुद’ नाराका साथ हुन लागेको प्रतियोगितामा जिल्ला तथा गाउँका फुटवल टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार रुपैयाँ, द्धितीय पुरस्कार २१ हजार रुपैयाँ र टिम दर्ता समूह शुल्क(इन्ट्री फि) तीन हजार एक सय रुपैयाँ रहेको छ । आयोजकका अनुसार आज(बिहीबार) सम्ममा प्रतियोगितामा सहभागी हुने फुटवल टिमको टुङगो लाग्ने छ । खेलमा सर्वाधिक गोल गर्ने खेलाडी, उत्कृष्ठ खेलाडी, उदयमान खेलाडी समेतलाई पुरस्कृत साथै ट्रफी र मेडलको व्यवस्था गरिएको छ ।