सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो

भाउ बढ्यो

  सरलपाटी सम्वाददाता

 660 पटक हेरिएको

इलाम । सुनचाँदीको भाउ आज बढेको छ ।

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ । विवाहको लगन बढेसँगै बजारमा सुनको माग बढ्न थालेको छ । सङ्घका अनुसार अहिले दैनिक ४० देखि ४५ किलो सुनको माग आउने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार