सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

मूल्य घट्यो

  सरलपाटी सम्वाददाता

 315 पटक हेरिएको

इलाम । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार