रेडक्रम सोसाइटी इलामको भवन बनाउ एक लाख प्रदान

नेपाल बैंक लि. को ८५ औं वार्षिक उत्सव

  सरलपाटी संवाददाता

 617 पटक हेरिएको

इलाम । नेपाल बैंक लिमिटेडको ८५ औं स्थापना दिवशको अवसरमा बैंकको इलाम शाखाले रेडक्रम सोसाइटी इलामलाई एक लाख रुपैयाँ प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवशको अवसरमा रेडक्रम भवन निर्माणका लागि उक्त रकम सहयोग गरेको बैंकले जनाएको छ ।

नेपाल बैंक लिमिटेड इलाम शाखाले मंगलबार आयोजना गरेको वार्षिक उत्सव कार्यक्रममा बैंकका प्रबन्धक गौतम राईले रेडक्रम सोसाइटी इलाम शाखाका मन्त्री रबिन्द्र श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रबन्धक राईले बैंकलाई प्रविधिसँग जोड्दै सेवाग्राही मैत्री बनाउने प्रयास गरिएको बताए । उनले बैंकहरुको जननी नेपाल बैंक लिमिटेडमा काम गर्दा कर्मचारीहरुमा पनि गर्वबोध हुने गरेको बताए । ‘सेवाग्राहीको सन्तुष्टिका लागि अधिकतम् प्रयास गरिरहेका छौं ।’ प्रबन्धक राईले भने,‘तर कतिपय सीमाहरुका कारण हामीले पूर्ण सन्तुष्टि दिन सकिरहेका छैन यसमा क्षमा चाहन्छौं ।’

कृषि विकास बैंक इलाम शाखाका प्रबन्धक सूर्य अधिकारी, बैंकका सेवाग्राही डीबी तामाङ्ग, तुलबहादुर देवानलगायतले नेपाल बैंक लिमिटेड भरपर्दो बैंक रहेको बताएका थिए ।
नेपाल बैंक लिमिटेड वि.सं. १९९४ कार्तिक ३० गते लक्ष्मी पूजाको दिन स्थापना भएको हो । २०१२ सालसम्म राष्ट्रबैंकको रुपमा काम गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार