दशैंको छेक पारेर संगीतकर्मीहरु नयाँ–नयाँ धुन पस्कने होडमा छन् । रमाइलो पारिवारिक जमघटको रौनक बढाउने यी गीतहरु एकपछि अर्को सार्वजनिक भइरहेको छ । यसै मेसोमा उत्तम थापा मगर एडीले रोमान्टिक धुन पस्किएका छन् । गीतले भन्छ, मिठो मिठो ।
रोमान्टिक शैलीको यो डान्सिङ नम्बरमा अहिलेका चल्तापूर्जा संगीतकार, गायक राजनराज सिवाकोटीको आवाज पनि मिसिएको छ । त्यस्तै पाश्र्व गायनमा चर्चित मेलिना राईको आवाज पनि यसमा सुन्न सकिन्छ ।
गीत डा. राजबाबु श्रेष्ठले लेखेका हुन् ।
यो गीतको भिडियो बनाएका छन्, निकेश खड्काले । निकेश व्यस्त म्युजिक भिडियो निर्देशक हुन्, जसले ‘फाटेको जुत्ता’ पनि निर्देशन गरेका थिए । यसलाई सम्पादन गरेका हुन्, प्रविन श्रेष्ठले । उनीपनि ‘मोक्ष’ फिल्मका निर्देशक हुन् ।
गीतमा आकाश श्रेष्ठ र र कविता नेपालीले कम्मर मर्काएका छन् । आकाश यतिबेला नायकको रुपमा छाइरहेका छन् । गीतको भिडियो सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।