इलाम ।
‘एकान्तमा झेल्दै छुु म कोरोनाको कहर, कतिञ्जेल प्युनु मैले बाध्यताको जहर’ बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कोरोना पीडित प्रेमीहरुको अवस्था झल्किने दृष्य समेटिएको रगुन गुरुङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा कोरोना संक्रमीत प्रेमीको ख्याल नगरी प्रेमीका अर्कोसंग गएपछि कस्तरी छटपटाउँछन् भन्ने कारुणीक दृष्य छ ।
जय भण्डारीको शब्द रचनालाई रुबेन शाहीले संगीत गरेका छन् । गीतलाई शाहीलेनै एरेञ्ज र मिस्किङ्ग समेत गरेका हुन् । बसन्त राईको निर्देशन तथा सम्पादनमा तयार भएको म्युजिक भिडियोमा बसन्ता राई, अस्मिता कटुवाल र सुदिप खतिवडाको अभियन छ । दिनेश राईले छायाङ्कन गरेको म्युजिक भिडियो जिएम नेपमलबको युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो ।
मोफोसलमा रहेर अनवरत संगीत कर्म गरिरहेका गायक रगुन गुरुङ्गको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो। शिक्षण पेशासंगै संगितलाई निकै महत्व दिने गुरुङ्गको केही समय अघि मात्रै ‘गोरीमा गोरी, ओठमा लाली, मुस्कान छरेकी, हसिलि नानी पातली सानी, चन्द्रझै खुलेकी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक थियो । त्यसमा पनि जय भण्डारीको रचनालाई रुबेन शाहीले संगीत दिएका थिए भने । गुरुङ्गको अल्झियौं अड्कियौं यो मनभित्र किन,झुल्के घामको न्यानो सलाम’ लगायतका गीत निकै लोकप्रिय छन् ।