विजय र धिरेन्द्रको पहिलो गीत विमोचन

कला

  सरलपाटी सम्वाददाता

 1739 पटक हेरिएको


इलाम । विजय मुकारुङ राई र धिरेन्द्र चेम्जोङको पहिलो गीत बिमोचन भएको छ । विजय मुकारुङको ‘सयौ तारासँग भीख मागेर पाएको तिमि सुन्दरी’ बोलको गीत र म्युजिक भिडियो विमोचन गरिएको हो । त्यस्तै धिरेन्द्र चेम्जोङको ‘फालेलङुमुनि च्याङथापु बजार पौवा भञ्ज्याङमा फुलेको चाँप मायाको सिरैमा’ बोलको गीत र म्युजिक भिडियो विमोचन गरिएको हो ।
दुवै गीत र म्युजिक भिडियो संगीत कला नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कोमल निरौलाले विमोचन गरेका हुन् । मुकारुङले गाएको गीत बालकुमार गौतमले रचना गरेका हुन् । गीतमा रमेश सुनुवारले संगीत गरेका छन् भने पदम बिसीले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोमा सुमन काफ्ले, चन्द्र श्रेष्ठ, सुजा सुनुवार, साहिल तामा, र सलिना अधिकारीलाई फिचरिङ गरिएको छ ।
धिरेन्द्र चेम्जोङले गाएको गीत मिना राईले रचना गरेकी हुन् । गीतमा रमेश सुनुवारले संगीत दिएका छन् भने पदम बिसीलेनै एरेञ्ज गरेका हुन् । गीतमा सौरभ तामाङ र सुजा सुनुवार लगायतका कलाकारलाई फिचरिङ गरिएको छ । गीत बिमोचन कार्यक्रममा संगीतकार रमेश सुनुवारले दुवै गीतको एकदमै राम्रो म्युुजिक भिडियो बनेको प्रतिक्रिया दिए ।
इलाम नगरपालिका नगर कला साहित्य प्रतिष्ठानका उपाध्यक्ष रोशन कर्मचार्यले दुवैजनालाई सफल सांगीतिक जीवनको शुभकामना व्यक्त गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूले गीत सुन्नेमात्र नभइ हेर्ने लायक पनि भएको बताए । नयाँ कलाकारले एकदमै राम्रो अभिनय गरेकाले उनीहरुलाई व्यवसायिक सफलताको शुभकामना व्यक्त गरे ।
इलाम नगरपालिकाका प्रवक्ता ठाकुर नारायण श्रेष्ठले गीतको म्युजिक भिडियोले इलाम र पाँचथरको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्राज्ञ कोमल निरौलाले दुवै जनालाई थप सांगीतिक उचाइ हासिल गर्न शुभकामना दिए । उनले गीत संगितको यात्रालाई निरन्तरता दिन सुझाव दिए । मुकारुङ नेपाल प्रहरीमा कार्यरत छन् भने चेम्जोङ व्यवसायी हुन् ।
विजय मुकारुङ राईको गीत सयौं तारासँग बोलको गीतको म्यूजिक भिडियो बुढा सुब्बा डिजिटल यू ट्युबबाट आइतबार ५ बजे सार्वजनिक गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार