विवाह गर्दै गायक आदित्य झा र चर्चित गायिका नेहा

१४ फेब्रुअरी २०२० मा विवाह हुने पक्का

  सरलपाटी सम्वाददाता

 1192 पटक हेरिएको

एजेन्सी । बलिउडका चर्चित गायक उदित नारायण झाका छोरा आदित्य र युवा गायिका नेहा कक्कडबीच १४ फेब्रुअरी २०२० मा विवाह हुने पक्का भएको छ।

इन्डियन आइडल–११ को कार्यक्रमको दौरान आइतबार राती यसको जानकारी दुबै परिवारले दिएका हुन् । भारतको चर्चित रियालिटी सोलाई अहिले आदित्यले सञ्चालन गर्दै आइरहेका छन्। यही कार्यक्रममा नेहा निर्णायकको भूमिकामा छिन्।

आदित्यले कार्यक्रमकै दौरान धेरै पल्ट नेहासँग विवाहको प्रस्ताव राखिसकेका थिए। नेहाका लागि उनले गीत पनि गाउने गरेका छन्।

आइतबार गेस्टको रूपमा उदित नारायण र उनको श्रीमति दीपा तथा गायिका अलका याग्निक समावेश थिए। यति बेला नेहाले आदित्यका आमाबुवासँग आर्शिवाद लिएकी थिइन। उदित र दीपा पनि नेहा कक्कडलाई खुब मन पराउँछन्।

कार्यक्रममा आदित्यको परिवार मात्र होइन, नेहाको परिवार पनि पुगेका थिए। आदित्यले पनि नेहाको आमाबुवासँग आर्शिवाद लिएका थिए। यही कार्यक्रमको बीचमा आदित्यले १४ फेब्रुअरीमा नेहासँग विवाहको घोषणा गरे। नेहा आफ्नो आमाबुवालाई कार्यक्रममा देखेर अचम्मित भएकी थिइन।

उनलाई कार्यक्रममा आफ्नो परिवार आउन लागेको थाहा थिएन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार