
भनिन्छ साहित्य र संगीतको कुनै निश्चित सिमा र परिधी हुदैन यो जहाँ जस्तो अवस्थामा पनि सिर्जना हुन सक्छ चाहे त्यो पर्देशमा होस यात स्वदेशमा काममा होस या थकानमा । यहि कुराको ज्वलन्त उदाहरण बन्दै छन सर्जक गुरुङ । पछिल्लो समय यूवाहरुको रोजगारीको लागी आकर्षक गन्तव्यको रुपमा रहेको दक्षिण कोरियामा रोजगारीको शिलशिलामा रहेका गुरुङ नेपाल को सुन्दर नगरी इलाम मा जन्मिएका हुन । नेपालमै रहदा पनि उनले थुप्रै सिर्जनाहरु आम पाठक स्रोतामाझ पस्की सकेका छन ।
कोरियाको जटिल काम र थकान अनि व्यस्तता को वावजुत पनि बचेको समयलाई सिर्जनात्मक क्षेत्रमा सदुपयोग गर्नु निकै ठुलो चुनौतिको कुरा हुनसक्छ जो कोहिका लागी तर पनि हिम्मत गरिरहेका छन गुरुङ । कोरियामा हुने प्राय सबै सामाजिक संघसंस्थाको कार्यक्रमहरुमा उनको उपस्थिती रचना र वाचन गर्ने शैलिले बेला बेलामा तरंग नै पैदा गराउने गर्दछ । दक्षिण कोरियामा नेपालीमाझ लोकप्रिय उनै सर्जक खोम गुरुङले एउटा नयाँ सिर्जना पस्की रहेका छन “गुन्द्रुक सांधेको” ।
कोरियामै रहेर उनले थुप्रै गीत लेखेर दर्शक स्रोतामाझ ल्याइ सकेका छन । पछिल्लो समय उनले रचना गरेको “गुन्द्रुक सांधेको” बोलको गीतको टिजर अहिले भर्खरै रिलिज भएको हो । उक्त गीतलाई संगीत भरेर सुमधुर बनाउने कोसिस गरेका छन कोरियामै रहेर सांगीतिक क्षेत्रमा योगदन पुर्याइरहेका संगीतकार डि आर अटु ले । पछिल्लो समय अत्यन्तै चर्चामा रहेकि गायिका मेलिना राइ र नेपाल आइडल सिजन वानका फस्ट रनर अफ गायक निशान भट्टराई ले स्वर दिएका छन । गुन्द्रुक सांधेकोमा पछिल्लो समय निकै चर्चामा रहेका “फुलन्देको आमा” उमेश राई ,”काउली बुढी” सन्ध्या बुढा, रियासा दाहाल,विनोद परियार र रोबर्ट सिंहले अभिनय गरेका छन भने यो गीतलाई निर्देशन गरेका छन निर्देशक शिशिर श्रेष्ठले । ज्ञानेन्द्र शर्मा हुमागाइको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ । “अनन्त” शिर्षकको एल्बमा समाबेस उक्त गीत लुम्दुमी कृएसन द्वारा बजारमा आएउने तयारी रहेको छ “गुन्दुक सांधेको” सबै माझ स्वादिष्ट र लोकप्रिय बनोस शुभकामना ।