‘सोपिस’ दमकल हुनुको अर्थ छैन

  सम्पादकीय

 505 पटक हेरिएको

राँकेमा भएको आगलागीमा इलाम नगरपालिकाको दमकल पुग्न नसकेपछि नगरको दमकलको विषयमा अहिले चौतर्फि चर्चा छ । नगरपालिकाको दमकल पुग्न नसकेर चर्चा पाएको यो पहिलो पटक होइन । पटक–पटक यस्तो घटना दोहोरिरहेका छन् । राँके आगलागी मात्रै होइन । पशुपतिनगर आगलागी, इलाम बजार आगलागी राकेमा नै भएको यस अघिको आगलागीमा इलाम नगरपालिकाको दमकलले काम दिएन । पहिले पुरानो दमकल थियो । पुरानो भएकाले पुग्न सकेन भनेर टाउको लुकाउने ठाउँ भयो होला । तर, नयाँ दमकल पनि पुग्न नसक्नु भनेको लापरवाही हो । किनभने एक या दुई घटनामा मात्रै यो सीमित छैन । समस्या भए त्यसका बेलामा उपचार खोजिनु पर्छ । उपचार गर्दा समेत काम गर्दैन भने नगरपालिकाको दमकल कमसल छ भन्ने पुष्टि हुन्छ । अन्यथा यति अत्यावश्यक मेसिन कुनै बेला पनि काम नलाग्ने हुनु हुँदैन ।
नगरपालिकाको दमकलको विषयमा अहिले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएका छन् । कतिले नगरपालिकाको दमकलको कार्टुन समेत बनाएर आफ्नो सञ्जालमा राखेका छन् । सामाजिक सञ्जालमा गरिएको टिका टिप्पणीलाई अहिले वेवस्था गर्न मिल्दैन । किनभने सामाजिक सञ्जाल विचार अभिब्यक्त गर्ने दरिलो माध्यम सावित भएको छ । यसलाई नकार्ने हो भने जिम्मेवार व्यक्तिहरुका लागि अफाव सिद्ध हुन्छ । इलाम नगरपालिकाको नयाँ दमकलबाट टँुडिखेलमा पानी हालेको देखिएकै हो । कहिले बाटोको धूलो पखाल्न पनि दमकलबाट पानी लगाएको हामीले दर्शकका रुपमा हेर्यौ । टेस्टिङको नामा ती काम भएका हुन् । टेष्टिङमा सफल भएको दमकल सच्चाइमा भने असफल सावित भयो । इलाम नगर क्षेत्रका बासिन्दाले दमकलका लागि भने सेवा शुल्क तिरेका छन् । आवश्यक परेका बेला सेवा दिन नसक्ने अत्यावश्यक बस्तुले सेवा दिन नसक्नु जति दुख अरुमा हुँदैन । एक पटक होइन पटक पटक उस्तै प्रवृति देखिएपछि नागरिकमा आक्रोश पैदा हुनु स्वभाविक छ । नागरिकहरुले सो पिस दमकलका लागि सेवा शुल्क तिरेका होइनन् । देखाउन मात्रै राखिने, चाहिको बेला काम नलाग्ने सेवाको लागि पैसा लिनु उचित छैन । त्यसैले नगरपालिकाले नागरिकबाट सेवा शुल्क लिएर व्यवस्था गरेको दमकलाई परिआएका बेला काम लाग्ने अवस्थामा राख्नु पर्छ । दमकलमा कमजोरी भए त्यसलाई सुधारौ । चाहिएको बेला काममा लगाउँ । अनावश्यक ठाउमा प्रयोग गरेर त्यसको क्षमता नास पनि गर्नु भएन । दैनिक चेक जाँचको व्यवस्था गरौ । सो पिस गर्नुको अर्थ छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार