आर्थिक विकासमा उद्यमशीलताको भूमिका

  गोपाल पौडेल

 939 पटक हेरिएको


उद्यमीहरु अर्थतन्त्रका सर्जक र उत्पादक हुन् । उनीहरुको प्रयासले देशले आर्थिक संमृद्धि प्राप्त गर्छ । उनीहरुको सिर्जनशीलताले आधुनिक विश्वको जीवनशैलीलाई परिर्वतन गरेको छ । उद्यमीहरुको प्रयासले त कुनै पनि मुलुकको बस्तु उत्पादनलाई तीब्र बनाएको छ । समाज र देशकै लागि सम्बृद्धिका बाहक बनेका छन,् उद्यमीहरु । त्यसैले भन्न सकिन्छः उद्यमशीलताको भावना मानवीय प्रगतिको द्योतक हो । विकासको संवाहक हो उद्यमशीलता । सम्बृद्धि परिर्वतनको प्रवर्तक हो उद्यमशीलता ।
ग्रामीण विकासमा उद्यमशीलताको भूमिकाले प्रतिव्यक्ति उपलब्धी र आम्दानीका बारेमा सकारात्मक संकेत प्रदान गर्दछ । उद्यमशीलताले प्रत्येक व्यक्तिको आर्थिक स्तरमा वृद्धि गर्नुको साथै समग्र सामाजको विकासमा समेत योगदान गर्न सक्छ । उद्यमीसँग रहको ज्ञान, सीप र क्षमताको प्रयोगबाट साना तथा घरेलु उद्योग व्यवसाय सञ्चालन गर्ने र जोखिमका साथ आर्थिक प्रगति हासिल गर्नुलाई नै उद्यमशीलता भनिने भएकोले यसबाट के स्पष्ट हुन्छ भने ग्रामीण क्षेत्रको आर्थिक विकासमा उद्यमशीलताको भूमिकालाई नजर अन्दाज गर्न सकिदैन । नव प्रवर्तकका माध्यमबाट उद्यमीले ग्रामीण समाजलाई आर्थिक रुपमा सम्पन्न गराउन सक्छ । उद्यमीले प्राप्त गर्ने आम्दानीको ग्रामीण अर्थतन्त्रलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहभागिता हुन्छ ।

    उद्यमीशीलतालाई आर्थिक विकासको उत्प्रेरकका रुपमा लिने गरिन्छ । आज उद्यमीहरु उद्यमशीलता विकासमा लागेर आफ्नो आर्थिक स्थिति सुद्ढ पार्दै छन् ।व्यवसायका माध्यमबाट समेत विेदशी मुद्राहरु भित्रिन्छन् । उद्यमशीलता विकास हुँदै जाँदा रोजगारीका अवसरहरु सृजना हुँदै जाँदा धेरै मानिसहरुको सहभागीता यसमा बढ्छ ।

    बेरोजगार रुपमा बसेका युवायुवतीको क्षमता, दक्षता र सीपलाई प्रयोग गर्न उद्योग, व्यवसायहरु सफल हुन्छन् । आफू र अरुका लागि उद्यमीहरुले रोजगारी सिर्जना गर्न सफल हुन्छन् । बेरोजगारी घट्छ । आयदर र आयस्तर वृद्धि हुन्छ । महिला अपाङ्गहरुका लागि विशिष्ट रोजगारी सृजना गर्न सकिन्छ । यसै गरी, उद्यमशीलता विकासबाट व्यवसायको विकास हुन्छ । यसरी व्यवसायको विकासबाटै देशमा उपलब्ध प्राकृतिक, भौतिक, मानवीय तथा वित्तीय संसाधन÷स्रोतहरुको उपयोग प्रभावकारी ढंगले गर्न सकिन्छ ।

    उद्यमशीलताको मानिसलाई गरीबि, वेरोजगारी, अल्छिपना, कूलत, संस्कार आदिबाट जोगाउने गर्दछ । राष्ट्रमा प्रत्येक मानिस उद्यमशीलता भएमा आम्दानी वृद्धि भई समग्र राष्ट्रको आर्थिक विकासलाई टेवा पु¥याउने गर्दछ । राष्ट्रको आर्थिक तथा समग्र विकासका लागि सबैभन्दा पहिला आवश्यक पर्ने आर्थिक स्रोतको परिपूर्ति गर्न उद्यमशीलताले ठूलो योगदान पु¥याउने गर्दछ । उद्यमशीलताले आर्थिक विकासमा खेल्ने भूमिकाहरुलाई यसरी व्याख्या गर्न सकिन्छ ।
    उद्यमशीलताले समाजमा विद्यमान परम्परागत काम चलाउ उद्योगहरुलाई व्यावसायिक उद्योगमा परिणत गर्ने वातावरणको सृजना गर्दछ । समाजको आवश्यकतालाई हेरेर नयाँ उत्पादनका संभावनाहरुको खोजीमा उद्यमशीलताले मानिसहरुलाई प्रेरित गर्छ । मानिसलाई काम विहीनको अवस्थाबाट काम गर्ने व्यस्त तथा कुशल उद्यमीमा परिणत गर्छ । कुनै पनि उद्यम वित्तीय लगानीको अभावमा सञ्चालन गर्न गाह«ो पर्छ । उद्यमीहरुले सञ्चालन गर्ने व्यवसायहरु लागनीका लागि वातावरण बनाउने गर्छन । उद्यमीहरुले नवप्रवर्तनहरुको प्रयोग गरी व्यवसाय सञ्चालन गर्नाले सामाजिक रुपमा लगानी गर्ने वातावरण बन्दछ । नवप्रवर्तनले उद्यमीलाई प्रोत्साहित गर्न सकिन्छ भन्ने चाहनाले गर्दा सहज रुपमा वाणिज्य बैंक, नयाँ उद्योग, व्यवसायमा लगानी गर्न पाउँछन् । यस्तैः ग्रामीण क्षेत्रमा साना तथा घरेलु धन्दाको प्रचुर मात्रामा स्थापनालाई उद्यमशीलताले जोड दिन्छ । उद्योग तथा व्यवसायहरुको विकासले मानिसलाई रोजगारीको अवसर दिलाउन सक्छ । बेरोजगार रुपमा बसेका युवायुवतीको क्षमता, दक्षता र सीपलाई प्रयोग गर्न उद्योग, व्यवसायहरु सफल हुन्छन् । आफू र अरुका लागि उद्यमीहरुले रोजगारी सिर्जना गर्न सफल हुन्छन् । बेरोजगारी घट्छ । आयदर र आयस्तर वृद्धि हुन्छ । महिला अपाङ्गहरुका लागि विशिष्ट रोजगारी सृजना गर्न सकिन्छ । यसै गरी, उद्यमशीलता विकासबाट व्यवसायको विकास हुन्छ । यसरी व्यवसायको विकासबाटै देशमा उपलब्ध प्राकृतिक, भौतिक, मानवीय तथा वित्तीय संसाधन÷स्रोतहरुको उपयोग प्रभावकारी ढंगले गर्न सकिन्छ । उद्यमीले ग्रामीण क्षेत्रमा खेर गइरहेको स्रोतहरुको पहिचात गर्ने कार्य गर्दछ । स्रोतहरुको परिचालनबाट धेरै उद्यमशील कार्यहरु गर्न सकिन्छ । यतिमात्र नभएर,उद्यमशीलताले निर्यात पव्रद्र्धनलाई जोड दिन्छ । निर्यात प्रवद्र्धनले अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्न र समग्र राष्ट्रको विकास गर्न टेवा पु¥याउने गर्दछ । उद्यमीलताले नयाँ उत्पादनको जोड दिन्छ, फलस्वरुप विदेशी बजार समेतको खोजी शुरु हुन्छ । फलस्वरुप विदेशी मुद्रा आर्जन शुरु हुन्छ । यसै गरी प्रभावकारी उद्यमशीलता विकासका लागि देशमा संचार, यातायात, विजुली, सडक, नहर जस्ता भौतिक पूर्वाधारको प्रसश्त विकास आवश्यक मानिन्छ । उद्यमशीलताले नयाँ उत्पादनमा जोड दिन्छ , फलस्वरुप विदेशी बजार समेतको खोजी शुरु हुन्छ । फलस्वरुप विदेशी मुद्रा आर्जन शुरु हुन्छ । त्यसैले, सफलता प्राप्तिको दृढ इच्छाशक्ति लिएर आइपर्ने बाधा अड्चनहरुलाई पार गर्ने हिम्मतका साथ नवीन, सोच र योजनाहरुलाई व्यवस्थित गर्दै संचालन गरिएको कुनै पनि व्यवसाय उद्यम हो । विशेषतःमहिलाहरु यस्तो कार्यमा सक्रिय छन् । धक मान्दैनन् आफूलाई आत्मनिर्भरताको बाटोमा अगाडी बढाउछन् भने त्यस्तो प्रक्रिया नै महिला उद्यमशीलता हो । महिला उद्यमी ती हुन् जो नवप्रवर्तन नक्कल वा स्थापनाद्दारा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्छिन् । अर्थात चाहे आफ्नै सृजनशीलताले होस्, अथवा अरुको नक्कल गरेर नै किन नहोस् यदि महिलाले कुनै व्यावसायिक क्रियाकलापमा आफूलाई सहभागी गराउँछन् भने त्यो प्रक्रिया नै महिला उद्यमशीलता हो ।
    राष्ट्रको आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पार्ने उद्यमशीलता विकासको क्षेत्रमा महिलाको योगदान महत्वपूर्ण रहेको छ । विकासोन्मुख देशहरुमा शिक्षा, उद्योग व्यवसाय जस्ता क्षेत्रमा महिलालाई प्राथमिकता नदिने चलनले तिनीहरु पछि परेका छन् । यो चलन विस्तारै परिवर्तन हुँदैछ । विशेष गरी आर्थिक क्षेत्रमा पुरुषको भर पर्ने चलनलाई तोड्दै आत्मनिर्भरता तर्फ महिलाहरु अघि बढ्दै छन् । यसका लागि उद्यमशीलता प्रमुख माध्यम बन्दै छ । आफू आर्थिक रुपमा स्वावलम्बी बन्ने परिवारलाई समेत योगदान पु¥याउने उद्देश्यले महिलाहरु उद्यमशीलतामा संलग्न हुँदैछन् । शिक्षा र तालिमले महिलाहरुलाई चेतनशील तथा सक्षम बनाउँदै लग्दा नयाँ–नयाँ उद्यममा संलग्न हुने, आर्थिकोपार्जन गर्ने र स्वावलम्बी बन्ने लहर घरमा चल्दै छ । चाहे बाख्रापालन होस्, चाहे कुटीर उद्योग होस् अथवा अन्य आयमूलक व्यवसाय नै किन नहुन् महिलाहरु उद्यमशीलतामा रुचिपूर्वक लाग्दैछन् । यसलाई थप उर्जा प्रदान गर्न सरकारी, गैरसरकारी क्षेत्रबाट विभिन्न उत्प्रेरक कार्यक्रमहरु, कर्जा अनुदान आदिको व्यवस्था भैदिदा उद्यमशीलता गाउँघरमा फष्टदाउँदै छ । यसै सन्दर्भमा महिला उद्यमीशहरुले गर्ने कार्यक्रमहरुलाई यसरी वर्गीकरण गर्न सकिन्छ ।
    महिला उद्यमीहरुले नयाँ व्यवसाय सञ्चालनका लागि अवसर र वातावरणको खोजी गर्छन् । स्वरोगजारका लागि त्यस्ता व्यावसायिक उद्यमहरुको पहिचान र मूल्याङ्कन गरेपछि उपयुक्त, स्रोत सम्पन्न, लगानी संभव व्यवसायहरु सञ्चालन गर्न सकिन्छ यस्तै उद्यम संचालन गर्दैमा सफलता हाँसिल भने कुनै ग्यारेन्टी हुँदैन । अनेक थरि जोखिम हुँदाहुँदै पनि उद्यमशीलतालाई अगाडि बढाउने साहस महिलाहरुमा हुन्छ । वित्तीय, मनोवैज्ञानिक, सामाजिक जस्ता अनेकथरि जोखिम बहन गर्दै उद्यमशीलतालाई अगाडि बढाउनु पर्ने अवस्था आउँछ । आउन सक्ने खतराको मूल्याङ्कन भने अगाडि नै गर्नु पर्छ । नयाँ नयाँ बस्तु तथा सेवाको उत्पादनमा महिला उद्यमीहरुले आफूलाई स्थापित गर्न सक्छन् । बजार तथा समाजको आवश्कयता, रुचिलाई विचार गरेर नयाँ सृजना गर्न सक्ने खुबी भैदियो भने त्यस्तो उद्यम फष्टाएर जान्छ । अनुसन्धान र विकासका लागि तालिम, भ्रमण आदिको माध्यमले नवप्रवर्तनलाई सहयोग पु¥याउँछ र व्यवस्थापकीय क्षमता नयाँ उद्यम सञ्चालनका लागि अपरिहार्य तत्व हो । स्रोतको उपलब्धी, प्रयोग, उत्पादन, वितरण आदिको समुचित व्यवस्थापनका लागि व्यवस्थापकीय क्षमता आवश्यक हुन्छ । उद्यम संचालन गर्दै जाँदा महिलाहरुमा व्यवस्थापकीय क्षमता वृद्धिहुँदै जान्छ । यस्तै गरेर जुनसुकै कार्यमा पनि चुनौतिहरु नहुने हैनन् । विशेष गरी महिलाद्वारा सञ्चालित उद्यमहरुका सन्दर्भमा विकासोन्मुख देशहरुमा विविध चुनौतिहरु देखा पर्छन । आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक अनेक थरि समस्याहरुसँग भिड्दै महिलाहरु उद्यमशीलतामा लागि परेका छन् । उद्यम सञ्चालन गर्दा चाहे ती पुरुषद्वारा सञ्चालित हुन् या महिलाद्वारा विविध चुनौतिहरु त आइरहन्छन् तर पनि महिला भएका नाताले उनीहरुले थप चुनौतिहरु भोग्नु परेको छ । यहाँ केही प्रमुख चुनौतिहरुको चर्चा यसरी गर्न सकिन्छ ।

    वित्तमा कम पहुँच
    परम्परावादी समाजमा महिलाहरुको वित्तीय क्षेत्रमा कम पहुँच हुने गर्छ । सम्पतिमाथिको अधिकार उनीहरुको कम हुन्छ । भएका स्रोतहरुको वेचविखनमा पुरुषको अधिकार र निर्णय हुन्छ । यी र यस्तै अरु विविध कारणले महिलाहरु वित्तीय पहुँचबाट टाढा हुन्छन । यसको प्रत्यक्ष असर उद्यमशीलतामा पर्छ । आफ्नो स्वेच्छाले सञ्चालन गर्न चाहेका उद्यमका लागि वित्तीय स्रोत नभइदिंदा योजना केवल योजनामा मात्रै सिमित रहन्छन् । बैंक तथा अन्य वित्तीय संस्थाहरुले महिला लक्षित कार्यक्रमहरुको माध्यमबाट वित्त प्रवाह गर्न खोजेपनि अशिक्षा, चेतनाको कमी, पछौटेपन र परावलम्बिपनका कारणले पनि वित्तसम्मको पहुँच कम हुन्छ ।

    सीप र अनुभवाको कमिः
    शिक्षा,तालिम र अनुभवको कमिले महिलाहरु बस्तु उत्पादन, निर्माण र प्राविधिक क्षेत्रमा पछाडी परेक छन् । एक त परम्परावादी समाज भएकोले महिलाहरुलाई घरबाट हत्तपत्त बाहिर निस्कन पाउँदैनन् फलस्वरुप शैक्षिक क्षेत्रमा उनीहरु पछि परेका छन् । शिक्षा पाए पनि व्यावसायिक शिक्षाको अभाव छ । उद्यम व्यवसाय, प्रविधि संचालनको तालिमबाट वञ्चित हुने र पहुँच नपुगने स्थितिले महिला उद्यमशीलतालाई बाधा पु¥याएको छ ।

    व्यवसाय सम्बन्धहरु
    आफ्नो व्यवसायलाई समृद्धितर्फ लैजान अन्य व्यवसाय र व्यवसायीहरुसँगको सम्बन्ध फलदायी हुनुपर्छ । पुरुषप्रधान र परम्परावादी समाज भएकाले महिलाद्वारा सञ्चालित उद्यमहरुलाई हत्तपत्त स्वीकार्ने चलन छैन र व्यवसायसँगको सम्बन्धमा बाधा पुग्छ ।

    कम महिला परिचालन

    घर–व्यवहारमा चौघेरा भित्रै सीमित हुनुपर्ने बाध्यताका कारण महिला कम परिचालित हुन्छन् यसबाट उनीहरुले संचालन गरेका उद्यमहरुमा प्रत्यक्ष असर पुग्छ । यसका लागि महिलाले घरभित्रै संचालन गर्न सकिने उद्यमहरुः जस्तै अचार, पापड, विभिन्न सजावटका सामानहरु बनाउन सक्छन् ।
    अन्य सामान्य समस्याहरु
    अन्य सामान्य समस्याहरुका कारण पनि महिला उद्यमशीलतामा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । जस्तैः पूर्वाधारको कमी, बजारको कडा प्रतिस्पर्धा, कच्चा पदार्थको अभाव, कानूनी बाधा, कम जोखिम बहन क्षमता, शारिरीक सीमा, मनोवल कम हुनु आदि ।
    उद्यमशीलता एक सृजनशीलता हो भन्ने कुरालाई माथिको विश्लेषणवाट देखाउँछ । यौटा उत्पादनशीलताको सोचले सामान्य मानिसलाई उद्यमी बनाउँछ । व्यवसायीपन अपनाएपछिको मानिसमा आम्दानी बढ्छ । बढेको आम्दानीलाई अनावश्यक फजुल खर्च नगरी लगानीमा लगानउन सकियो भने उत्पादन बस्तुको विविधिकरणसँगै उद्योगको विस्तार गर्दै ब्याक्तिगत आय स्तर वढाउनुको साथै राजश्वको माध्यमवाट देशको अर्थतन्त्रलाई समेत टेवा पुग्ने कुरा नकार्न सकिन्न ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार