पोहोर साल एकथरी बिद्यार्थीहरुले क्याम्पसका दर्जनबढी कुर्सीहरु बालेर आगो तापे । संयोगले यो पंक्तिकार पनि त्यहाँ पुगेको थियो । आगजनी गरिएको स्थलमा के पुगेको थिएँ एक विद्यार्थी भाइले छेउमा आएर खुसुक्क भने, सर फोटो नखिचिदिनु होला, अघि पनि लफडा भयो । आगजनीको खबर सुनेर एक संचारकर्मी बहिनी त्यहाँ पुगेर फोटो खिच्न थालिछन् । त्यो देख्नासाथ उपद्रो मचाउनेहरुले उनको क्यामेरा खोसिदिएछन् । पछि खिचिएको फोटो हटाएर क्यामेरा फिर्ता गरिदिएका रहेछन् ।
किन खिच्न दिएनन् त फोटो ? मेरो मनमा कुरा खेल्न थाल्यो । आगजनी गर्नेहरुले आप्mना मागलाई पूरा गराउन क्याम्पस प्रशासनलाई दवाव दिने उद्देश्यले त्यसो गरेका भए त उनीहरुको त्यस कार्यको प्रचारले उनीहरुका माग पूरा गर्न सहयोग पुग्थ्यो । त्यो आन्दोलन वा विद्रोह भए त्यसको सार्वजनिक प्रचार रोक्नु पर्ने कुनै कारण थिएन । यस्तै तर्कनाका साथ मेरो निष्कर्ष थियो त्यो आगजनी गर्ने र पत्रकारलाई फोटो खिच्नबाट रोक्ने मानिस आपराधिक प्रवृत्तिको हुनुपर्छ । फोटो उसले गरेको अपराधको साक्षी हुने र त्यसका आधारमा ऊ दण्डित हुनसक्ने भएकाले नै उसले फोटो खिच्न नदिएको हुनु पर्छ ।
त्यो आगजनी भएका ठाउँमा उपस्थित १२–१५ विद्यार्थीमध्ये केहीका अनुहारमा लज्जावोध थियो । उनीहरुमध्ये केही मसँग आमने सामने हुनबाट जोगिँदैछन् जस्तो लागेको थियो । सायद, के गरेको यो भनेर मैले सोधिदिएँ भने मलाई दिने सन्तोषजनक उत्तर उनीहरुसँग थिएन । मैले निबेर ती डढिसक्न लागेका कुर्सीका थाक हेरेँ र त्यसको पृष्ठभूमिमा त्यो उपद्रो गर्ने विद्यार्थीको मनोदशाको अनुमान गर्ने प्रयास गरें ।
आपूmले पढ्ने क्याम्पसका कुर्सीमा यसरी आगो झोस्नेहरुले घरमा बा–आमा वा दाजुभाइ कसैसँग झगडा गर्दा घरमा रहेको परालको एउटा थोत्रे पिरामा आगो लगाउन सक्ला ? अवश्य सक्दैन, किनभने त्यो उसको घरको हो, घरको सम्पत्ति हो, उसको सम्पत्ति हो । उसको सम्पत्तिको उसलाई माया हुन्छ । क्याम्पसका यी कुर्सी सार्वजनिक सम्पत्ति हुन्, त्यसैले तिनका प्रति उनमा कुनै माया छैन, अपनत्व छैन ।
मेरो मनमा बिचारहरु मडारिने क्रम निकैबेर रह्यो । आपूm पढ्ने क्याम्पसका सम्पत्तिमा मट्टितेल छर्केर आगो झोस्ने काम जस्तै क्रान्तिकारीले पनि गर्न सक्दैन उसमा आपराधिक प्रवृत्ति छैन भने । आपराधिक प्रवृत्ति भएकाले मात्रै सार्वजनिक सम्पत्ति तोडफोड गर्न सक्छ, आगजनी गर्न सक्छ । सबैभन्दा ठूलो समस्या त कहाँ छ भने त्यस्तो कर्म गर्ने आपूmलाई नेता ठान्छ । भोलि ऊ निर्णायक ठाउँमा पुग्छ, मन्त्री बन्छ । अनि त्यस बेला देख्छौं हामी उसको असली प्रवृत्ति र पछुताउँछौं ।
म आपूm पनि विद्यार्थी नेता भएर आएको हूँ । हाम्रा पालामा पनि आन्दोलन हुन्थे । आक्रोशित साथीहरु उग्र भएर तोडफोडतिर बढ्न नखोज्ने होइन तर हामी रोक्थ्यौं, छेक्थ्यौं । अझ हाम्रा पालामा त सरकारबाट पालित पोषितहरुको पनि विगविगी हुन्थ्यो । उनीहरु विद्यार्थीहरुलाई भड्काउन अनेक षडयन्त्रहरु गर्थे । विद्यार्थीमाझ फुट ल्याउने उनीहरुको उद्देश्य हुन्थ्यो ।
आप्mनो समयमा म निकै उग्र थिएँ, आक्रामक थिएँ तर मैले कहिल्यै प्रतिपक्षी साथीलाई थकेल्न पुगिन । कसैमाथि हात उठाइन । यदाकदा साथीहरुबीच झडप भयो भने म त्यसलाई रोक्न छेक्न नै उद्यत रहन्थें । त्यसैले होला ममाथि पनि कसैले हात उठाएको मलाई सम्झना छैन । म कलेजमा हुँदा कलेज प्रशासन मण्डले थियो, हाम्रो खेदो गथ्र्यो । ती मण्डलेहरुसँग हामी बैचारिक प्रतिवाद गथ्र्यौं, सधैं तिनलाई डोमिनेट गरेर राख्यौं । हाम्रा सामने दमित भएर बस्न वाद्य हुन्थे उनीहरु तर तिनीहरुमाथि हामीले हात उठाएनौं, कलेजको सम्पत्ति तोडफोड गरेनौं । यदाकदा भएका विवाद र झगडामा त्यस्तो नकारात्मक वातावरण बन्न खोज्थ्यो तर हामी रोक्थ्यौं ।
म नेविसंघमा थिएँ, त्यसको नेतृत्वमा थिएँ । प्रतिस्पर्धी अखिलका साथीहरु थिए । विभिन्न बिषयमा विवादहरु निस्कन्थे तर मैले उनीहरुसँग चर्को स्वरमा तर्क वितर्क गरेको, त्यसो गर्नु परेको सम्झना छैन । मण्डले साथीहरु पनि थिए । समस्या आउनासाथ बस्थ्यौं, छलफल गथ्र्यौं, समाधान निकाल्थ्यौं । मण्डलेहरु हामी दुईथरी विद्यार्थीमाझ खेल्ने प्रयास गर्थे, गरिरहन्थे तर हामी तिनबाट जोगिन्थ्यौं । सिधैं भन्थ्यौं, साथी हौ, ठीक छ, तर तिमी मण्डले हौ पनि थाहा छ ।
गत साल क्याम्पसमा देखेको आगजनीको दृश्य मनबाट नहट्दै यसपालि फेरि क्याम्पस प्रमुखको भनिएको कुर्सीमा आगो दन्किरहेको दृश्य सामाजिक सञ्जालमा देखेपछि मन थाम्न सकिएन, त्यसैले यी हरफहरु कोरिरहेको छु । खुला वातावरण छ, बोल्न पाइन्छ, बहस गर्न पाइन्छ । कसैले असामाजिक कार्य गर्छ भने त्यसको प्रतिवाद गर्न वातावरण खुला छ तथापि किन सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी हुन्छ ?
हामी इलामे भनिरहेका छौं, इलामको समृद्धिका लागि यहाँको पर्यटनको प्रवद्र्धन गर्नु पर्दछ, विकास गर्नु पर्दछ । इलामलाई प्रकृतिले दिएको सुन्दरताको पर्यटनमा उपयोग गर्नु पर्दछ । यहाँको मनोरम हावापानीको उपयोग गर्दै यहाँ राम्रा शिक्षण संस्था स्थापना गर्नु पर्दछ । इलामलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउनु पर्दछ । यहाँको प्रगतिका आधारहरु यिनै हुन् । तर शिक्षण संस्थालाई झगडा, तोडफोड र आगजनीको केन्द्र बनाउनतिर लाग्यौं भने हाम्रो सोचलाई व्यवहारमा अनुवाद गर्न सकिन्छ ?
पंक्तिकारले प्राप्त गरेको सूचना अनुसार विद्यार्थीहरुबीच केही विवाद भयो, झगडा भयो, एक विद्यार्थी छात्रावास भित्रै विद्यार्थीहरुबाटै पिटिए । त्यसको सूचना क्याम्पस प्रशासनलाई दिइयो । तर क्याम्पस प्रशासनले जुन तदारुक्ताका साथ त्यसलाई सम्बोधन गर्नु पर्ने थियो गरेन । पीडित पक्षका विद्यार्थी ओक्रोशित भए र क्याम्पस प्रमुखको कुर्सीमा आगजनी गर्न पुगे । सर्वजनिक सम्पत्ति नष्ट भयो ।
उखान छ नि, बूढी मरीभन्दा पनि काल पल्कियो भन्ने पीर भने भैंm उच्च शैक्षिक संस्थाभित्र अराजकता बढिरहेको छ । क्याम्पस प्रशासन लाचार जस्तो देखिन्छ । क्याम्पस व्यवस्थापन समिति होला, राजनीतिक दलहरु छन् । दलका नेताहरुले क्याम्पसमा गएर ‘ए, यहाँ किन यस्तो भयो’ भनेर खै गरेको सुनिएको छैन । बर्षेनी यस्ता घटना दोहोरिँदै गए भने कुन अभिभावकले आप्mना सन्तान यस्ता शिक्षण संस्थामा पढ्नका लागि पठाउला ?
उच्च शिक्षाको तहमा पुगेका विद्यार्थीले पनि जिम्मेवार हुन आवश्यक छ । शिक्षण संस्थाभित्र आपूmमाथि अन्याय भयो भने त्यहाँ आन्तरिक प्रशासन छ । त्यसले सुनेन भने, त्यसलाई सुन्ने बनाउने, जिम्मेवार बनाउने शान्तिपूर्ण उपायहरु छन् । कक्षाहरु बहिष्कार गरेर ध्यान आकृष्ट गर्न सकिन्छ । सत्याग्रह गर्न सकिन्छ । सत्याग्रहको शक्ति कति हुन्छ भन्ने कुरा हामीले हाम्रै घरभित्र देखिरहेका छौं । डा. केसीको जस्तो शान्तिपूर्ण सत्याग्रह गर्न सकिन्न ? परिवर्तनका कुरा गर्ने तर त्यसका लागि सानो कष्ट पनि उठाउन तयार नहुने ?
आजका विद्यार्थी भोलिको मुलुकका नेता हुन् । उनीहरुले मुलुकलाई हाक्नु पर्दछ । अहिले पनि मुलुकमा राजनेताको खडेरी छ । चिन्तनको अनिकाल छ । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारका लागि अविरल संघर्षरत गान्धीवादी अभियन्ता गोविन्द केसीलाई हत्यारा भन्दै देश निकालाको माग गर्ने निर्लज्ज युवा नेताहरु देखेर नेपालीले शिर झुकाउनु पर्ने अवस्था छ ।
क्याम्पस प्रमुखको कुर्सी डढेर खरानी भयो । अर्को कुर्सी खरिद गरियो होला वा गरिएला तर त्यो अराजक अवस्थालाई सम्बोधन गर्न ठोस् पहल भएको जस्तो कुरा प्रकाशमा आएको छैन । विद्यार्थी संगठनहरु राजनीतिक पार्टीका भातृ संगठनहरु छन् । मातृ संगठनहरुले आप्mना भातृ संगठनका क्रियाकलापबारेमा अनुगमन गर्ने चलन नभएकै हो वा तिनलाई हतियार बनाएर सत्तास्वार्थको लडाइँमा रोटी सेकाउन थालिएको हो, अत्तोपत्तो छैन ।
हो, विकृति विसंगतिहरु छन् । तिनका बिरुद्ध लड्नु पर्दछ । तर कम्तिमा यस्तो लडाइँ शान्तिपूर्ण हुनु पर्दछ । बलियाले निर्धालाई दोक्च्याउने गलत अभ्यासको अन्त्य गरिनै पर्दछ । बिद्यार्थीहरुले पनि सोच्नु पर्दछ, सत्ता स्वार्थका लागि, फगत सत्ता स्वर्थका लागि गर्नु हुने र गर्नु नहुने सबै थरि काम गरिरहेका दलीय नेताहरुको पछि लागेर आप्mनो भविश्य सुरक्षित हुँदैन ।
अधिकांश नेताका छोरा छोरी यताका शिक्षण संस्थामा कमै होलान् । उनीहरु राजधानी वा विदेशका शिक्षण संस्थामा अध्ययनरत होलान् । हामी यहाँ नेताका भरौटे भएर उपद्रो गरिरहेका छौं । भोलि हामीले प्रतिस्पर्धा गर्नु पर्ने तिनै नेताका छोराछोरीसँग हो । उनीहरु गुणस्रीय शिक्षण संस्थामा अन्तै कतै पढेर तीब्र प्रतिस्पर्धी क्षमताका साथ अगाडि आउँछन् । त्यस बेला नेताहरुले साथ दिने पनि तिनकै सन्तानलाई हो । सामान्य जनका सन्तान तिनीहरुसँग प्रतिस्पर्धा गर्न नसकेर खाडी र मलेशियातिर लाग्नु पर्दछ ।
त्यसैले सबैभन्दा सचेत विद्यार्थीहरुले हुन आवश्यक छ । हिजो व्यवस्था परिवर्तनका लागि लागियो, त्यसमा जे गरियो त्यो ठीकै भयो तर अव त लोकतन्त्र छ मुलुकमा, जनताका प्रतिनिधिले बनाएको सम्बिधान छ । अब विद्यार्थीले यो वा त्यो दलको झण्डा बोक्ने कर्मलाई प्राथमिकता दिन आवश्यक छैन । कसैलाई जीवनमा रानीति नै गर्छु त्यो भन्दा अरुथोक गर्दिन भन्ने लागेको छ भने ठीकै छ अन्यथा विद्यार्थी मूलतः दलीय राजनीति प्रेरित यो वा त्यो विद्यार्थी संगठनमा लागेर आप्mनो भविश्य बिगार्नतिर लाग्नुको कुनै अर्थ छैन । यो कुरा विद्यार्थीलाई अहिले अप्रिय लाग्ला तर यथार्थ यही हो ।